प्रेम ओझा,
पाँचथर । हिउँमा खेलेर हिमाललाई अँगालो हालेर कति लेखियो ? कति कथियो ? प्रतीक ढकाल, युवराज नयाँघरे, मोहन मैनालीहरुलाई हिउँसँगै पढियाे । आफू भने हिउँसित खुलेर रम्न भ्याएकै थिएन ।
यसपाली त्यस्तै साइत जुर्यो – हिउसित साक्षात्कार गर्ने । काबेली नदि तरेर फुङ्लिङ नगरपालिका टेकेपछी सुकेटारको प्रसङ्ग आउँछ । त्यहाँ बर्षौ अघिदेखि हवाइ मैदान पसारिएको छ । जसको छातिमा बेला बेलामा हवाइजहाजका पाङ्ग्राका डोबहरु घिस्सिरहन्छ्न । यात्रुहरु बोकेर फेरि ती हवाइजहाज सोझै तमोरको बाटो धनकुटा पुग्छन् र पश्चिमतिर काठमाडौ ताकेर तेर्सिन्छन । म यहाँ हवाइ यात्राको बर्णन थालेछु । मात्र सुकेटार विमान स्थलको प्रसङ्ग मात्र । मेरो यात्राको माध्य भागमा छ त्यो विमान स्थल अनि प्रसङ्गमा नआओस् त !
ताप्लेजुङ जिल्ला उसै पनि हिमालको जिल्ला । कन्चनजङ्घा, कुम्भकर्ण हिमालको काखमा सुतेको हिमाली जीवन । जब हिउँद लाग्छ, हिउँको सिरक सबैतिर बितरण गर्छ प्रकृतिले । सिरक त न्यानोपनको बिम्ब होइन र ? हुन पनि रैथानिका लागि यो सिरक बराबर छ । ताजा हिउँ देख्ने बित्तिकै त्यहाँको जनजिवन केही बेर सुस्ताउछ । हिउँ सेलाउने बित्तिकै फेरि जर्याकजुरुक उठिहाल्दछ । खुट्टामा गमबुट हुलेर, कुममा घुमराढी सिउरिएर । हिमालीजीवन कतै चौरीको पुच्छर गन्दै हुन्छ, कतै भेडाको घेर्दै हुन्छ । यस्ता दृश्य देख्न पाइएला नपाइएला यसपालिको हिउँदमा मलाइ पनि हिमाली भेगको यात्रा गर्न जुरेको छ ।
सदरमुकाम फुङलिङको नयाँ सडकमा गाउँ – गाउँ जान कस्सिएका छन् । बिहानै महिन्द्रा बोलेरो जिपहरु । तर हाम्रो बुलेरो भने बेपत्ता थियो । फावाखोला जाने पहिलो जिप भने बिहान ५ बजे नै टाप दिइसकेछ । हामिलाइ छाडेर । सहयात्री भुमिकाजिले चाजोपाजो मिलाउदैछिन् । ग्रामिण भेगमा काम गर्न सामाजिक कार्यकर्ताले ससानो कुरामा ध्यान दिइएको भने दुःख पाइन्छ । उनले बिकल्पको खोजी गरिन ।
पर्खदा पर्खदै अर्को जीप पनि आइपुग्यो । अचेल धेरै जसो गाउँ पालिका पुग्न जिपको कमि छैन । स्थानिय सरकार जो छ, बिकासको ठेकेदार बिशेषगरी बाटो खन्ने काममा यो सरकारले पुरै ५ बर्ष खर्च गरेको छ । बादलले ताप्लेजुङ बजारको आकाश छप्पकै छोप्यो । पानी सिमसिम्याउदै छ । म आजको यात्रा कस्तो हुने हो चिन्ताका रेखा निधारमा छाम्ने कोशिस गर्छु । हाम्रा झोला झ्याम्टा जीप चालकले छतमा चढायो । हामिले ‘पानीले भिजाउछ भन्यौ’ । उनले पालले छोपछाप पायौ । भुमिका जि र मैले अघिल्ला दुई सिट्मा कब्जा जमायौ ।
छोटो कदको चालक हासेर बोल्ने फुर्तिलो नौजवान रहेछ । अचेल जिपमा सहचालक हुदैनन । चालक एक्लैले व्यवस्थापन गर्नु पर्छ ।
हामिले ताप्लेजुङ बजारको बुद्ध चोकबाट उकालो यात्रा शुरु गर्यौ १५ ÷ २० किलो मिटर उक्लिएपछी घुमाउरो बाटोको किनारमा हिउँका थेक्ला थेक्लिहरु देखिन थाले । हिजो परेको हिउँ ,हिजो त बाटोमै छ्यापै थियो । ‘चालकले भन्यो’ अब धेरै हिउँ देख्न पाइने भन्ने मनसुवा जुरमुरायो । हामी ठाडो उकालो चड्दै छौ । उचाई पनि चढ्दै छन् । साथमा चिसोपनपनी सुकेटार विमान स्थलको प्रबेशद्वार पनि देखियो । र भुँइमा सेतै हिउँको च्यादर । नजिकका घरका छतहरु सेताम्मे । सडकमा पनि गाडिका पहियाले पारेको डोरो बाहेक सबै भाग सेतै अर्थात सेतोको साम्राज्य आँखै टिप्ने उज्यालोको एकछत्र राज ,गाडिअहरु गुडिरहेका छन् । बाटोका दायाँबायाँका घरमा फाट्टफुट्ट मानिस चिहाउदै छन् । गाडिका पहियाहरु हिउँका चक्लामाथी गुडिरहदा चरमराइरहेछन् । मान्छेको बोली शून्य छ । अर्थात सर्दिको अज्ञात भय छ बाहिर ।
अगाडि, माथी गजधम्ब उभिएको पाथिभराको डाँडोलाइ ताकेर त्यस्मै सरासर चढांैला झै गरेर हामी निरन्तर गुडिरहेका छांै । पाथिभरा सेरो फेरो पनि हिउँमय छन् । माथी आकाशमा कुम्भकर्ण ( फक्तालुङ) हिमाल पोथी कुखुराले पखेटा फिजाएर चल्लालाइ छोप्न खोजे झै उभिएको छ । पाथीभरा धाम जाने बाटोका ठूलो फेदि,सानो फेदि, कुन कुन हुन ठम्याउनलाई आँखाका लेन्स सोझ्याउन खोज्छु तर जिपको जोल्ट्याङ्ले बाधा पार्दिन्छ । हामि धेरै बेर उत्तर तिर गुडेपछी देउराली भन्ने ठाँउमा जिप रोकिन्छ ।
देउरामा रहेका १० – १२ वटा घर आज बिराना लाग्छन् । पाथिभरा जाने सिजनमा यी घरले धेरै तिर्थ यात्रुहरुको सेवा गरे होलान – जतिखेर हिजो आज जस्तो तल्लो फेदिसम्म जिप पुग्दैन्थ्यो । ती घर र हिउँको घुम्टो ओडेर निर्जन प्रायः देखिएका छन् । हिउँको घुम्टो कतै न्यानो हुन्छ र ? घरका मान्छे कि त तल गाउँको न्यानोको शरणमा पुगि सकेका होलान् कि त एक दुई जना अगेनो रहेको गुप्त स्थानमा आफुलाइ सेकाइ रहेका होलान् । यो त फगत अनुमान मात्र हो । बाँया पट्टिको बाटो पाथिभरातिर जान हिड्यो । हामी दाँयापट्टि मोडिएर टेर्पे उकालो अलिकति हिड्यौं । त्यसपछी ओर्लन थाल्यो हामी हिड्ने बाटो । हामिलाइ डोर्याउने बाटो ।
अब देखिने रुखका पोथ्राहरु हिउँ बोक्न नसकेर झुकेका छन् । उत्तिस जस्ता कमला बोटका हाँगा र पात भाँचिएर भुँइमा सोच्याम्म । हिउँ पर्दा मौसम न्यानो लाग्छ । मैले पनि ४० साल तिर सन्दकपुर डाँडामा हिउँ पर्दै गर्दा यात्रा गरेर अनुभव गरेको छु । हिउँ कपासको रुवा जस्तै बिस्तारै खस्छ ।
मान्छेको जीवन पनि पृथ्वीमा हलुका सित खस्दछ । जम्दै भएपछी हिउँ झै महङ्गो र कडा हुँदै जान्छ ।
अघि जिप रोकिएको बेला यात्रु केटाकेटी सडकमा उत्रिएर हिउँसित लुकामारी खेल्न पुगिसकेका थिए । भुमिकाजिले मलाई प्रस्ताव पनि गरेकी हुन् । हिउँमा निस्किने हो सर ?
म अघिल्लो रात देखि शरीरमा ज्वरांश बोकेर हिडेको छु । मलाई हिउँको चिसो देखि डर लाग्यो र उनको प्रस्तावलाई इन्कार गरें । देउरालिमा जिप निकै बेर रोकिएको थियो । समय रोकियो भने जीवन पनि रोकिन्छ । केटाकेटीका लागि समय रोकिएन । जीप रोकिएपछि हिउँमा रम्न त पाए । फेरि हामिले हतारो गर्यौ । हामिले अझै एक डेढ घण्टाको यात्रा गर्नु थियो ।
देउराली कटेपछी पुर्वी पाखोतिर लागेपछी गुराँसको जंगल देखा पर्यो । यहिको ओर्हालो हाम्रो जिप हिलाम्मे बाटोमा पहिया थामेर ओर्लदैछ । चालक घरी– घरी जिपलाई चार पहिये प्रणालीमा बदल्छन, कतै ओर्हालोमा सवारी असन्तुलन नहोस् । हामी जंगलमा हिउँले तछारेका बोट बिरुवा नियाल्दै हिडिरहन्छौ । भँुइ कुहिरो वरिपरि दहुर्दैछ । हेर्नू त ! गुराँस त माघ सात मै फुल्न थालेछ’ भुमिकाजिके औल्याइन । यो लेकालिक्षेत्रमा त फागुन लागेपछि पो गुराँस फुल्थ्यो । कसैले पछडी देखि प्रतिक्रिया जनायो । यो सबै जलवायु परिवर्तनको प्रभाव हो । हामी चलनचल्तीको तर्कको सहारा लिन्छांै । तीन/ चार किलोमिटर जति घुम्ती नै घुम्ति युक्त ओर्हालो हिडेपछी बल्ल हामी पुग्ने गन्तव्यले अनुहार देखाउछ – झुलुक्क ।
उ त्यही हो हामी पुग्ने फावा खोला “भुमिकाजी औल्याउछिन् । मैले पनि उतै नजर दौडाएँ । अघिसम्म जीपमा कोच्चिएका सात आठ यात्रु र बाहिरको हिउँको अस्तित्व बाहेक वातावरणमा कुनै चरोमुसोको उपस्थितिको आभास थिएन । अब तल गाउँ देखेपछि त्यहा मैले जीवन देखें । गाउँ नजिकै पाएर होला एउटा लोखर्केले पनि बाटोमा फुत्रुक्क उपस्थिति जनायो । हिउँमा जिवन ठप्प हुन्छ । युरोपतिर हिमपात भएपछी महिनौ जनजीवन अस्तव्यस्त हुन्छ रे । हिजो आज त टेलिभिजन र ईन्टरनेटले यस्ता खवर कानकानै मात्र होइन आँखै आँखामा ल्याइ पुर्याउछ ।
अब हामी हिउँको प्रकोपबाट करीब मुक्त भयांै । लालिखर्क खिया परेका पुराना कर्कटपाताका छानायुक्त घरहरुले हामिलाइ स्वागत गरे । फिदिम माथि पनि एउटा लालिखर्क छन्, यहाँ पनि लागिखर्क भेटियो । उस्तै लेकाली भुभाग । खर्क भनेपछि लेकमै हुन्छ । त्यहाँ हाम्रो जीप केही बेर रोकियो । ताप्लेजुङ फर्किन एउटा अर्को जीप यात्रुहरु कोचेर छेउमै उभिएको थियो । वरिपरि मानिसहरु मुखबाट बाफ उढाउदै बोल्दै थिए तर आवाज स्पष्ट थिएन् ।
हाम्रो जीपबाट पनि एउटी गोरो अनुहारकी युवती त्यही ओर्लि । अघि फोनमा अन्तरङ्ग कुरा गर्ने बोली त्यँही होलि सायद । त्यो युवतीले खाली गरेको सिटमा गाउँ महिला समुहकी नेता तुलसा बिश्वकर्माले आसन जमाइन् । उनी हाम्रै समुहकी सदस्य थिइन् । उनको घर फुङ्लिङ बजार कार्य क्षेत्र फावा खोला । महिला समूह बंैठकमा सहजीकरण गर्न लालिखर्क आएकी । हामी लालिखर्कलाइ पछाडी पार्दै बिस्तारै ओर्लन थाल्यांै । भुमिकाजी पहिलै देखि यो क्षेत्रमा काम गर्दै छिन् । त्यसैले यसक्षेत्रको केही कुछ उनलाइ जानकारी छ ।
म चाहिँ नयाँ छु लालिखर्क चै पुरानो बजार रहेछ , गाउँले बजार मोटरबाटो नखेलेको जमानाको प्रख्यात पैदलमार्ग । भुमिकाजिले इतिहास सम्झाइन – लालिको उता कंचनजङघा, कुम्भकर्णको फेदि सम्म पैदल हिड्ने बिदेशी पर्यटकको पदैलमार्गमा पर्ने यो सानो विश्राम स्थल हो । सेतो छाला भएकाहरु त्यहीँ आएर तम्वु टाँग्थे र बास बस्थें । हिजो आज यो बाटो आउदैनन् । माथी सुकेटारमा हवाइजहाज बस्न थालेपछी, फुङ्लिङ सम्म बस चल्न थालेपछी गोरो छालाहरुले रुट बदलेका छन् । उतै ओर्लिन्छन – अनि ओलाङ्चुङगोला, घुन्सा, तोक्वे गोलाको फेरो लगाएर मकालुको फेदितिर लाग्छन् ।
’उ हेर्नू त सर सेतो कपाल भएको बच्चो’, भुमिकाजिले औंल्याइन । उनको अनुहार व्यङ्ग्यका रेखाले भरीयो । हिजो आज कैलो केश र गोरो छला यता आएका छैनन् । अनि यो ६÷७ बर्षे बालकको केश कसरी कैलो र सेतो ? केशको रङ परिवर्तन हुनु पनि जैबिक बिबिधता, हामिले फेरि तर्ककै सहयताले त्यो प्रसङ्गको बिट मार्यौ ।
फावा खोलामा मान्छेको रुप मात्र फेरीएको छैन, लोलिबोली पनि फेरिएको छ । देउराली, थुम्का जस्ता शब्दहरु हराए, घुम्ती, स्टप शब्द सबैको जनजिब्रोमा छन् । कुलो, खोल्सा शब्द पनि सुनिदैन, त्यहाँ त कल्पट, कजवे शब्द पो मुख मुखमा छ ।
हामी गाउँ नजिकै जति ओर्लिन्छौ । गाउँको जीवन बढी नै सल्बलाउदै महसुस हुन्छ । मान्छे बोलेका आवाजहरु, गाईबस्तु कराएका आवाजहरु, सडक किनारामा काखिमा हात घुसारेर हिडेका जिवनहरु वनस्पतिको दोहन पनि फावाखोलाले शुरु गरेछ, उत्तिस, चिलाउने, मलातो, सौरका मुडाहरु गिडेर सडक किनारामा असरल्ल । ती मुडाहरु डालिमा चढाउदै ३÷४ वटा ट्याक्टरहरु देखिए । उता पश्चिम तिर तिरिङगेमा केहिभाग अलैंची बगानले छोपेको देखियो । जताततै हरियाली वन जङ्गल, पातलो बस्ती फावा खोला गाउँ कता लुकेको छ ? हँ ।
फावा खोलामा बिष्टहरुको ठूलो बसोबास रहेछ । खान्दानी बिष्टहरु, राजनीतिमा अगाडि, अड्डा अदालतमा अगाडि,केन्दिय तहको राजनीति गर्छु भन्ने डिल्ली बिष्टले सुनाए । फावाखोलाको सबथोक झण्डै झण्डै बिष्टहरु कै हातमा छ । उनले गर्वले फुलेका शब्दहरु सुनाए । संघिय संसदको निर्वाचनमा आफुले भाग लिएको सगर्व सुनाए । फिदिम स्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर बिष्टको घरपनी देखाए । अघि वडा कार्यालय जाने बाटोमा सानन जातको बाख्रो देखेको थिएँ । यो दुर्गम ठाँउमा कसरी आइपुग्यो । डिल्लिजिले बेलि बिस्तार लगाए । सागरकै सिफारिसमा प्रदेश सरकारले फावा खोलामा बाख्रा पालन व्यवसायमा निकै ठूलो लगानी गरेको छ ।अघि महिला समुहकी कोर लिडर जमुना भट्टराईले पनि बाख्रा पालेकी छु भनेर परिचय दिएकी थिइन् । मैले अलि व्यङ्ग्य पनि मिसाए । “दुइचार वटा बाख्रा जस्का टाट्नामा पनि हुन्छन, तिनै बाख्रा देखाएर कृषकहरुले सरकारको अनुदान थाप्छन हैन र ?’’ मेरो व्यङ्ग्य माथी ठुलै प्रतिकार भयो – होइन जमुनाको त बाख्रा फारम छ, ५०÷६० वटा खसी,बाख्रा छन् । उनी सांच्चिकै व्यवसायी हुन् ।
ग्रामीण क्षेत्रमा पसेर कुनै कुरालाइ कम आँक्नु नहुने रहेछ । मैले सिकें । फावाखोलेहरुबाट पाठ सिके ।
फावा खोलामा माङ्हिम, शिवालय सँगै चर्चका भवनहरु ठडिएछन् । तागेरा निभाफुमाङ, ओम नमो शिवाय, सँगै प्रभु इशु, आमिन जस्ता शब्दहरु गुन्जन थालेछन् । फावा खोलाको जीवन कता जाँदै छ , यहाँको मौलिकताको घज्जी उडेको त होइन ? मैले शब्द भनिन, मनमनै गम खाए ।
ट्याक्टर गाउँका लागि दुःख र सुख दुबै अवतार लिएर आएको अघि जिपको पछिल्लो सिटमा बसेका पाको उमेरका यात्रुले भनेका थिए । ’ यात्रु लिएर हिडेको जीपहरुलाई ट्याक्टरको ठूलो पाङ्ग्राले पारेको खाल्डोले दुःख दिन्छ ।’ अनि ट्याक्टरलाई यात्रुहरुले सत्तो सराप गर्छन् । तर वर्षा याम शुरु भएपछी पहिरोले बाटो खराब बनाउछ जीपहरु चल्न छाड्छन् । जिपले ओसारेको अाँठो पाँजो खाद्यान्नले जीवन धान्न सक्दैन अनि फेरि ट्याक्टर भगवान बनेर गाउँ गाउँ पुग्छ । ट्याक्टर भएन भने गाउँ भोकै पर्छ । अघि जीप चालकले भनेको सुनेर अर्का यात्रुले सही थापेका थिए ।
महेन्द्र बिष्ट पनि ठुलै राजनितीज्ञ दलको वडा तहको राजनीति गर्दा रहेछन् । २५–२६ बर्ष उमेरका उनका छोरा सबिन फुङ्लिङ देखि फावा खोला सम्म दैनिक जिप चलाउदा रहेछन् । आज बिहान हामीलाई फुङ्लिङ मै छाडेर आएका सबिन फर्किने बेलामा भने हामीलाई लिएर जान तम्तयार छन् । उनी चाँडो आउनुको कारण पनि राजनितिकै रहेछ । आफू आबद्ध पार्टीको टोल कमिटी गठन गर्न फुङ्लिङ्बाट पार्टी प्रतिनिधिहरु लिएर आएका रहेछन् । हामी यता वडा कार्यालयमा छलफल गरिरहदा उनिहरुले फावा खोलाका चारवटा टोल समिती गठन गरिसकेछन् । स्थानिय निर्वाचन हुने गाईगुई सितै राजनीतिक दल जमजमाएका होलान् ।
भुमिकाकी चालक सिटमा बसेर सबिनलाइ जिस्काउछिन् – खै सबिन भाइ हाम्रो छलफल कार्यक्रममा आफ्ना साथिभाइलाई पनि लिएर आउछु भनेको होइन आउनु भएन त ?’ सबिनपनी बुलेरेको स्टेरिङ घुमाउदै रौसिए – मासु चिउराको खाजा थिएन रे, त्यसैले साथिहरु आउँन मानेनन् । ’ गाउँमा एनजिओ पसेपछि सबै बस्तुको भाउ बढ्छ भन्छन् । स्थानिय कुखुरा ( चलनचल्तीको शब्द लोकलभाले)को भालेको मूल्य फुङ्लिङ भन्दा चर्को छ । अण्डाको भाउ अकासिन्छ । हामी फर्किदा लालिखर्कमा एउटा स्थानिय कुखुराको भालेको मोलमोलाउ यसरी नै भयो (करीब दुइ केजिको तौलको त्यो भालेलाइ भुमिकाजिले सोर्ह सय रुपैया तिरिन । हामी सँग जिपमा आएकी स्थानिय महिला समुहकी सदस्यले सिफारिस लगाइ टोपलिन – “यो त आमाको भाले हो । सस्तोमा दिन्छिन कि ?“आमाको भाले’’ शब्दले हासो उठाउने भयो, मैले अनुहारमा नै निमोठें, जे होस् क्वाँक ! क्वाँक !! गर्दै भाले हामिसँङै यात्रामा सामेल भयो ।
पिपले आएपछि हामिले फावाखोलालाई बिदाइको हात हल्लायौं । खोला त कतै देखिदैन, यो गाउँलाई फावाखोला किन भनिएको होला ? हुन् त तम्वर खोला, चारखोला भन्ने गाउँकै नाम खोलाबाट राखिएछन् । हामी गाउँ सिरानमा मात्र थियांै । त्यसैले खोलाको दर्शन नपाएको हो कि ?अघि डिल्ली बिष्टले केही किम्बदन्ती जोडेर मलाई सुनाएका थिए । तमोर, काबेली, ईवा लगाएतका खोलाको पनि राजा हो रे, फावा खोला । यो खोलामा कडा कडा भुत, प्रेत, पिशाच बसोबास गर्दछन रे । फावाखोलाको राम्ररी मानमनितो गरेन भने मान्छे रगत छादेर मर्छन रे । फावा खोला बासिहरु यो खोलालाइ धुमधामसित पुजा गर्दारहेछन् । जातिय परम्परा अनुसार खोलाको नाममा अनुष्ठान गर्दा रहेछन् ।
मेरा मित्र इन्जिनियर बीरेन्द्र श्रेष्ठले यहि खोलाबाट सात मेगावाट जलविद्युत उत्पादन गर्ने परियोजना चलाएका छन् । फिदिममा भेट हुँदा सुनाउथे– हाइड्रो पावर रहेको ठाउँमा ठूलो पहिरो गएर क्षती पुर्यायो । साच्चै फावा खोलालाई हाइड्रो पावर निकालेको मन परेन र रिसायो त ?
फावा खोला रिसायो भने यहाँका मान्छे भागेर कहाँ जाउन ? माथी देउराली, लालिखर्क, पिपलेका शिरबाट पलाएको जरुवा भेला भएर फावाखोलामा बनेको छ । पारी सिकैंचाको पाखोमा हिउँ रसाएर फावा खोलामा मिसिन्छ । रसिलो पानी पोसिलो हावाको सेवन गरेर यहाँका मानिसको अनुहारमा लाली चढेको छ । कुपोषणको कतै छनक देखिएन । अनि फावाखोलाले देखाउने बेला बखतको रिसको अगाडि सबै नतमस्तक ।
फावाखोलाको राजनितिक संरचनाको कथा पनि रोचक रहेछ । पहिले बहुदलकालमा एकजना यतैका नेता थिए – मणि लामा । मेची राजमार्गको काम जोडतोडले भैरहेको बेला उनी सानो तिनो ठेकेदारी पनि गर्थे । अहिलेको फावा खोला तत्कालिन तिरिङगे गाउँ बिकास समिती अन्तर्गत पर्थ्यो । मणि लामाले तिरिङ्गेबाट चारवटा वडा फुटाएर फावा खोला गाउँ बिकास समिती बनाएका रे । अघि डिल्ली बिष्टले फावा खोला निर्माणको इतिहास कोट्याएका थिए । नयाँ संघीय संरचना निर्माण हुँदा साबिक तिरिङ्गे फुङ्लिङ नगरपालिकामा मिसिन मानेन ।त्यो भुभाग पाथीभरा याङ्वरक गाउँपालिका पर्दछ । सदरमुकाम बाट ४०/४५ किलोमीटर टाढा फावा खोलाको यो दुर्गम क्षेत्र चाहिँ फुङ्लिङ नगरपालिकाको एघारौं वडा कायम भएको छ । यो भन्दा अझ दुर्गम क्षेत्र फुरुम्वु पनि नगरपालिका भित्र पर्दछ । नगरपालिका भित्र बसेर फावा खोलालाइ के फाइदा भयो त ? कसैले भन्न सकेनन् । सदरमुकाम जाने बाटो समेत गतिलो छैन । अघि राजनितिकर्मीसित मैले जिज्ञासा राखेको थिए – ‘नारामा मात्र सिमित भयो’ जवाफ एउटै थियो –सबैको बार्षिक ९०/९५ लाख बजेटको एउटा गतिलो काम केही थिएन ।
सबिन भाइले देउरालिको घुम्तिमा गाडी निकाले । आज फेरि हिउँ थपिएछ । अघि दिउँसो फावा खोला वडा कार्यालयमा बसेको बेला पानी परेको थियो । यहाँ पानी पर्दा माथी देउराली भने भुइँ कुहिरोमा छलिएर हिउँको भुवा भेला गर्दै हुन्छ । त्यसैले हिउँ थपिएको संकेत पाइयो । पानी परेको बेला बाटो बिग्रला र यात्रा दुसाध्य होला भन्ने अनुमान थियो तर सोचेभन्दा सजिलै उकालो काटियो ।
देउराली छेउमा पुगेपछी सबिनसित गफिइरहेका ९/१० बर्षे बालक र उसकी सानिमाले हिउँ खेल्ने रहर गरे । हामी त सित पानी जस्तै थियौ । कतिबेला फुङ्िलङ पुगेर कि आगो ताप्ने कि सिरकमा घुस्रन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा थियौ – हामी ।
जीपबाट निस्जिएर ती दुई प्राणी बाटोमाथी हिमाच्छादित पाखोतिर उक्लिए । हामिले जीपको झ्यालबाट चिहायौ, हिउँका डल्ला हानाहान, हिउँमा चिप्लेरी झ्ल्याक झुलुक दृश्य हरेर हामिले आफ्नो रहरलाइ आत्मसात गर्यांै ।
२० मिनेट सम्म हामी जीपमा कैदी, वरिपरि हिउँको कारगार तर ती दुई प्राणिको मस्ती । लोभ लागेर के गर्नु ? परिस्थिति अनुकुल थिएन् । दुईजना फर्कन ढिला गरे । सबिनले बोलाए – नाति चाडो आउ, हामी छोडेर जान्छौ नि । भुमिकाले सल्लाह दिइन – जीप चालू गरेर अलि अघि बढाऊन चाडै आउलान् कि ? केही मिनेटमा नाति बालक हिउँको बढेमानको डल्लो लिएर जीपमा छिरे । मलाई त्यो हिउँको डल्लो देखेर सिरिङ्ग भयो । मेरो शरिरको ज्वरांशले संकेत पाइसकेको थियो कि ?
हामी फेरि हिउँकै साम्राज्यबाट अघि बढ्यांै । तल सुकेटार विमान घाटले अनुहार देखायो । आज धावनमार्गमा त्यति धेरै हिउँ थिएन । सबीनले सुनाए – हिजो पुरै ढाकिएको थियो । हामी धावनमार्गलाइ देब्रे पारेर थुम्किमा आइपुग्यांै ।
जहाँबाट फुङ्लिङ बजार तिर ओर्लने नाम्ले पेटि जस्तो घुमाउरो बाटो देखियो । अब हिउँका विस्कुनहरु हराउदै गए, हिउँका फाल्साहरु अलप भए । कंव्रिmट सडकमा हाम्रो जीप ओर्लदैछ । केही जीपहरु हिउँ खेल्न आएका यात्रुलाइ बटुलेर हाम्रो पछि पछि छन् । घुम्तिहरु छिचोल्दै हिउँमय यात्राको अन्तिम भाग बिश्रामको गन्तब्यमा पुग्न हामीलाई हतारो थियो । अघि लालिखर्कमा चढाएको स्थानिय भालेले संकेत गर्यो –
क्वाँक.. क्वाँक ..क्वाँक ।
आज त जाडो मनाउने हो नि ! हिउँ यात्राबाट सेलाएको जिउलाइ तातो सुप खाएर तताउने हो नि ! तपाईंहरुले बिर्सनु भएको छैन होला –
क्वाँक !… क्वाँक…!! क्वाँक !