पाँचथर । इलामदेखि पाँचथरसम्मको मेची राजमार्ग पुनः सञ्चालनमा आएको छ। भर्खरै राजमार्ग अन्तर्गत पुवाखोला–नेपालटार सडकखण्डको बन्चरे गोलाई र मील गोलाईको अबरुद्ध हटाइएसँगै राजमार्ग सुचारू भएको सडक डिभिजन कार्यालय, इलामका प्रमुख पवन भट्टराइले केन्जोखबरलाई जानकारी दिए।
फिदिम–राँके खण्ड र जोरकलस–माइखोला खण्ड यसअघि नै अबरुद्ध हटाइएको थियो। अहिले इलाम माइखाेला छेउकाे राजदुवाली खण्डमा मात्र अबरुद्ध रहेको छ। राजदुवाली खण्डमा अवरुद्ध हटाउने काम तीव्र गतिमा भइरहेको छ र सकेसम्म छिट्टै खुलाउने प्रयास जारी छ।
भट्टराइले जानकारी दिएअनुसार, “अबरुद्ध खण्डहरूमा साना गाडीहरु सञ्चालन भइसकेको छ, तर मालबाहक सवारीहरू सञ्चालन हुने छैन् । “
सडक संचालनपछि इलाम–पाँचथर क्षेत्र यातायातमा क्रमिक रूपमा सहजता आउने अपेक्षा गरिएको छ।