पाँचथर । प्रदेश सभाको बैठकमा मन्तब्य दिदाँ सामाजिक सञ्जालमा भाइरल भएको ताप्लेजुङका सांसद प्रताप प्रकास हाङगाम प्रदेश एकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईल आईतबार गरेको मन्त्रिपरिषद विस्तारमा उनी कांग्रेसको कोटाबाट मन्त्री बनेका हुन । कालापानी र लिपुलेकमा भारतले भुमि मिचेको विषयमा प्रदेश सभाको बैठका उनबोलेको “राति मिचेको हो कि दिउसो मिचेको हो ।”, “ढुङ्गाले भेटे ढुङ्गा हान्छु, खुकुरीले भेटे खुकुरीले हान्छु ” । भन्ने भनाई टिकटकमा भाइरल भएको थियो ।
ताप्लेजुङका हाङगाम कांग्रेशका पुराना नेता हुन् । उनी समानुपातिक संसद हुन् ।