काठमाण्डाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक दिनभित्र परीक्षण गरिएका २१ हजार ८ सय ८ नमुनामध्ये ८ हजार १७ मा कोरोना देखिएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट १५ हजार ७३६ परीक्षण हुँदा ५ हजार ८१६ मा कोरोना देखिएको हो। त्यसैगरी एन्टिजेन विधिबाट ६ हजार ७२ नमुनाको परीक्षण हुँदा २२ सय १ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा निको हुने दर पनि बढेको छ। मन्त्रालयका अनुसार ५२ सय ९२ जना निको भएका छन्।
त्यस्तै नेपालभर हालसम्म ९० हजार ५७६ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।