पाँचथर । सरकारले यहि माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि र कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनको लागि समेत खोप कार्ड अनिवार्य गरेको छ । खोप्कार्ड हराइहाले मन्त्रालयले हराएको खोप कार्ड तीन तरिकाबाट लिन सकिने सुचना जारी गरेको छ ।
पहिलो दुबै डोजको मात्र लगाइसकेको हो भने दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपी लिन सकिन्छ ।
दोस्रो जोन्सन एण्ड जोनसन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिका स्वास्थ्री शाखाबाट खोप कार्डको प्रतिलिपी लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुचनामा उल्लेख छ ।
तेस्रो पहिलो मात्रा खोप लगाएको खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्री शाखाबाट खोप कार्डको प्रतिलिपी लिन आग्रह गरेको छ । पाँचथर जिल्ला भरिमा १२ देखि १७ बर्ष सम्मका करिब १ हजार ८ सय बालबालिकाले मोडोना खोप लगाइसकेको स्वास्थ्य कार्यलयका खोप सुपरभाइजर गणेश तुम्बापोले बताएका छन् ।

स्वास्थ्य तथा मन्त्रालयको फेसबुक पेजबाट