रबि । मिक्लाजुङ गाउँपालिकामा जारी ‘ए’ डिभिजन लिग मा साबिक बिजेता समेत रहेको यासोकको सयपत्री युवा क्लब ३ वटा खेलमा हार ब्यहोर्दै अंक जोड्न सकेको छैन् । ३ वटा खेल खेलको सयपत्रिले पहिलो खेलमा राइजिङ स्टार क्लब रबि संग ३-० ले पराजित भयो । लिगको दोश्रो खेलमा नवमिडाँडाको तिजोक युवा क्लब संग ४-२ गोलले हारेको सयपत्रि तेस्रो खेलमा पनि सुम्हात्लुङ युथ क्लब संग ३-२ ले गुमाएको छ ।
जारी लिगमा सयपत्रिले १० गोल खाइ सकेको छ । ४ गोल मात्र फर्काउन सकेको छ । अब, सयपत्रीले दुईवटा खेल खेल्न बाँकी छ । सयपत्रीले अब पाथिभरा युवा क्लब चोकमागु र पाँचथर युनाइटेड संग खेल्न बाँकी छ । यो समाचार तयार पार्दा सम्म सयपत्रि अंकबिहिन हुँदै तालीकाको पुछारमा छ ।
हेर्नुस केन्जाे खबरले तयार पारेकाे अंक तालीका