पाँचथर । नेपाली काँग्रेस पाँचथरको कोषाध्यक्ष पदकालागि बिधानत सर्बसम्मत रुपमा रमेश भगत प्रधानाङ्ग निर्वाचित भएका छन् । निर्वाचित जिल्ला सदस्यहरु मध्येबाट सभापतिको प्रस्तावमा कार्यसमितिबाट निर्वाचित हुने बिधान व्यवस्था बमोजिम प्रधानाङ्ग सर्बसम्मत निर्वाचित भएका हुन् । नेपालि काँग्रेस पाँचथरको नयाँ निर्वाचित कार्यसमितिले हिजो बसेको दोस्रो बैठकले उक्त निर्णय गरेकाे हाे । त्यसैगरी सभापतिका निकटतम प्रतिद्वन्दी सुरेन्द्र दाहाल कार्यसमिती सदस्य हुने निर्णय गरेको छ । उनी बाहेक थप ७ जना मनोनयन पछि मात्र कार्यसमिती पुर्ण हुने छ ।
नेपाली काँग्रेसको बिधानत सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समानुपातिक समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल संख्याको बीस प्रतिशत सदस्य मनोनित गर्नु पर्ने छ । त्यसै गरि धारा ६५. पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापति पछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ बिधानमा उल्लेख छ ।