पाँचथर– धेरै धान उत्पादन गर्ने किसानलाई नगद सहित सम्मान गरेर चर्चा पाएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धान दिवस मनाएको छ ।
फाल्गुनन्द–७ नसुवा धान दिवस मनाईएको हो । गाउँपालिका र कृषि ज्ञान केन्द्र पाँचथरले सयुक्त रुपमा धान दिवस मनाइएको हो । सो क्षेत्रका कृषक सहितको उपस्थितिमा धान रोपाइ गरिएको थियो । बाजागाजा सहित रोपाइ भएको हो । रोपाईमा गाँउपालिका अध्यक्ष वृजहाङ आङदेम्बे, कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख महेश कुमार चौधरी सहितको सहभागिता थियो ।