फिदिम । मंगलबार राति आगलागी हुँदा पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा ३ वटा घर जलेका छन् । पूणर्बहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जल्दा सुन, चाँदी, लत्ताकपडा, खाद्यान्न र नगदसहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाको बिस्तृत विबरण आउन बाँकी छ । घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।