काठमाडाैं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको बाँकी रहेको मतगणना सुरु भएको छ । शनिबार रातिसम्म २३९३ भाेट गनिएकाे थियो । बाँकी मतगणना सुरु भइसकेकोले आजै साँझसम्म अन्तिम परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको थियाे । २३९३ मत गणना हुँदा देउवा समूहका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् ।
देउवा र कोइराला दुवै समूहमा नाम राखिएका शशांक कोइराला १९७१ मतका साथ पहिलो नम्बरमा छन् । यस्तै, १५३८ मतसहित एनपी साउद दोस्रो तथा १५०७ मतसहित बालकृष्ण खाँण तेस्रो नम्बरमा छन् ।
१४५२ मतका साथ रमेश लेखक चौथौ र १४४५ मतका साथ उदयशमशेर राणा पाँचौ नम्बरमा छन् । शीर्ष ३५ मध्ये देउवा समूहका २६ र काेइराला समूहका ९ उम्मेदवारले अग्रता लिएका छन् ।
अहिलेसम्म शीर्ष ३५ मा अटाएका उम्मेदवार काे कुन समूहमा ?
शशांक कोइराला- १९७१ (देउवा र कोइराला)
एनपी साउद- ९१५३८- देउवा
बालकृष्ण खाँण- १५०७- देउवा
रमेश लेखक- १४५१- देउवा
उदयशमशेर राणा – १४४५- देउवा
शंकर भण्डारी १४३७- देउवा
ज्ञानेन्द्रबहादुर कार्की- १४२३- देउवा
रामहरि खतिवडा- ९१३९५- देउवा
अर्जुननरसिंह केसी- १३८३- कोइराला
गोपालमान श्रेष्ठ- १३२३- देउवा
जिपछिरिङ्ग लामा- १३१२- देउवा
जीतजङ्ग बस्नेत- १२८३- देउवा
नैनसिंह महर – १२८३- देउवा
रामशरण महत- १२८१- कोइराला
गोविन्द भट्टराई – १२७७- देउवा
सुनिलबहादुर थापा- १२४६-देउवा
बलबहादुर केसी- १२३३- कोइराला
दिलेन्द्रप्रसाद बडू- १२३१- कोइराला
मोहनबहादुर बस्नेत- १२०२- देउवा
दीपक गिरी- ११७४- कोइराला
सुरेन्द्रराज पाण्डे- ११५१- देउवा
कुन्दनराज काफ्ले – ११४३- देउवा
पद्मनारायण चौधरी- ११३७- देउवा
गुरु बराल – १०३६- देउवा
सञ्जयकुमार गौतम- १००१ -कोइराला
गोविन्दराज पोखरेल- ९६२- कोइराला
गोपाल दहित- ९३१- देउवा
राजीव ढुंगाना- ९३५- देउवा
कृष्णकिशोर घिमिरे- ९२९- देउवा
दिनेश कोइराला- ९२५- कोइराला
वीरेन्द्रकुमार कनौडिया – ९९१९ देउवा
मोहन आचार्य- ९१३- देउवा
अजयबाबु शिवाकोटी- ९०९- कोइराला
मदनबहादुर अमात्य – ९०८- देउवा
उमेशजंग रायमाझी- ८९१- देउवा