ताप्लेजुङ । ताप्लेजुङ शाखाका राजु भण्डारी मंसिर महिनामा नेपाल लाइफ इन्स्योरेन्सबाट सबैभन्दा धेरै प्रीमियम संकलन गर्ने अभिकर्ता बनेका छन् । एकै महिनामा उनले ४४ लाख ३६ हजार ४२ रुपैयाँ प्रीमियम संकलन गर्दै नेपालभरका नेपाल लाइफका अभिकर्तालाई उछिनेका हुन् ।
फुङलिङ नगरपालिका-९ निवासी भण्डारी ५ वर्षदेखि बीमा व्यावसायमा छन् । उनी जनस्वास्थ्य कार्यलयको करारको जागिर छाडेर यो पेशा रोजेका हुन् । हिमाली जिल्लामा रहेर मुलुकभरकै पहिलो हुनु निकै ठूलो उपलब्धी रहेको नेपाल लाइफ ताप्लेजुङ शाखाका प्रमुख हिमाल राईले बताए ।
यसअघि भण्डारी पटक-पटक जिल्ला प्रथम हुँदै अघिल्लो आर्थीक वर्षमा नेपालको ३१औं नम्बरमा पर्न सफल भएका थिए । ‘मलाई सहयोग गर्नुहुनुने बीमित, अभिकर्ता साथीहरु, म कार्यरत ताप्लेजुङ शाखा सबैलाई धन्यवाद दिन्छु । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छु,’ भण्डारीले भने ।
नेपाल लाइफको रीपोर्ट अनुसार मंसिरमा धनगढी शाखाका दोस्रो र विनायक शाखाका कृष्णबहादुर राई तेस्रो बने । उनीहरुले क्रमशः ३५ लाख ७५ हजार ६ सय ५६ र ३४ लाख ४३ हजार ७ सय ६५ प्रीमियम संकलन गरेका छन् ।