रानिटार । तेस्रो संस्करणको फिदिम नगर कप फुटवल प्रतियोगिता आजबाट रानिटार स्थित बराजु रङशालामा सुरु हुदैँ छ । आजबाट सुरुहुने प्रतियोगिताको उद्घाटन् खेल आयोजक स्वतन्त्र क्लब रानिटार र झापाको अलइन वान सैनिक युथ क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । आजको उद्घाटन् खेल दिउसो २ बजे हुने बताइएको छ । खेलको प्रत्यक्ष प्रसारण गोलनेपालको फेसबुक पेजबाट हुने आयोजकले बताएका छन् ।
आज देखि सुरु हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि फिदिम नगरपालिकाका आर्थिक सल्लाहाकार नरेन्द्र अधिकारीले गर्ने आयोजक क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।पुस ३ गते सम्म आयोजना हुने प्रतियोगितामा भारतको पाण्डा क्लब सिक्किम,चर्च ब्वाईज क्लक काठमाण्डौं,कणर् सिं सोनाम स्मृति क्लब ताप्लेजुङ,योङ ब्वाई फुटबल क्लब ईलाम,अलईन वान सैनिक क्लब झापा, रेडस्टार फुटवल क्लब बिर्तामोड झापा, पाँचथर क्लब पाँचथर र आयोजक स्वतन्त्र क्लबको सहभागिता रहने छ ।
यो प्रतियोगिताको विजेताले १ लाख ५० प्राप्त गर्ने र उपविजेता टिमले ८० हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।