पाँचथर । पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङ (पिआईटी कोरीडर) मा समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालित छ । रेडपाण्डा नेटवर्कले स्थानीय गैर सरकारी संस्थाको माध्यमबाट यो कार्यक्रम रेडपाण्डा पाईने भनेर पहिचान भएका क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरीरहेको छ । पाँचथर स्थानीय गैर सरकारी संस्थाको रुपमा दिप ज्योती युवा क्लब रहेको छ । यो कार्यक्रम पाँचथरको फालेलुङ, याङवरक र फिदिम नगरपालीकामा सञ्चालित छ । संकटापन्न बन्यजन्तूको रुपमा रहेको रेडपाण्डा संरक्षणको शिलशिला पाँचथरमा कसरी चलिरहेको छ, यो सम्बन्धमा दिप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावासँग केन्जो खवरका लागि सम्पादक सरला रेग्मीले गरेको कुराकानी -:
रेडपाण्डा कस्तो बन्यजन्तु हो ?
रेडपाण्डा एकदमै दुर्लभ, लजालु बन्यजन्तु हो । यो चै बिश्वभरी पाँच ओटा देशमा मात्र पाउछ ।नेपाल, भारत, भुटान, चीन र बर्मामा पाउछ । लजालु सोझो बन्यजन्तुको रुपमा चिनिन्छ ।
यस्को संरक्षण किन जरुरी छ ?
बिश्वमै दुर्लभ छ । त्यसैगरी थोरै देशमा मात्र पाइने बन्यजन्तु हो । यो चै पुर्बी हिमाली क्षेत्रमा मात्र पाईने र बिषेशत एसिया देशमा मात्र पाइन्छ । यस्को प्रजनन पनि अरु बन्यजन्तु जस्तो छैन । एकपटकमा दुई वटा भन्दा यस्ले जन्म दिदैन । लोपोन्मुख बन्यजन्तु भएको कारण संरक्षण गर्न जरुरी छ ।
रेडपाण्डासँग दिपज्योती युवा क्लब कसरी जोडियो ? यसले कसरि काम गरीरहेको छ ?
पहिला टिएमआइ भन्ने संस्था थियो जो चै यो पुर्बी हिमाली क्षेत्रमा जैबिक बिबिधता संरक्षण, वातावरण संरक्षणको काम गर्दा गर्दै रेडपाण्डा सँग सहकार्य भयो । अनि रेडपाण्डा नेटवर्क चै रेडपाण्डा सम्बन्धि काम गर्ने,अनुसन्धान गर्ने, रेडपाण्डाको बासस्थानको पहिचान गर्ने र यस्को दिगो संरक्षणको लागि के के काम गर्न सकिन्छ भनेर अध्यन गरिरहेको छ । जैबिक बिबिधता संरक्षण, बाताबरण संरक्षणकै काम गर्ने भएकाले दुबैको लक्ष्य संरक्षण गर्ने भएको कारण दिपज्योती युवा कल्ब सँग जोडिएको हो ।
दिपज्योती युवा क्लबले रेडपाण्डाकोलागि कसरी काम गर्छ ?
दिपज्योती युवा कल्बले २०६१ साल बाट रेडपाण्डा पाउने ठाउँहरुमा पहिला केमाइको सहयोगमा र पछि चै रेडपाण्डा नेटवर्कको सहयोगमा काम भैरहेको छ । बिशेषगरि प्रत्तेक सामुदायिक बन, जहाँ जहाँ रेडपाण्डाको बासस्थान पहिचान भएको छ, त्यहाँको सामुदायिक बनहरु सँग मिलेर, प्रत्येक सामुदायिक बनमा एक एक जना बन अभिभावक राखेका छौ । वहाँहरुले पहिला प्रत्येक महिना थियो अहिले चै चार महिनामा रेडपाण्डाको बासस्थानको बारे अनुगमन गर्ने उस्ले आहारा के खान्छ, कसरी दिसापिसाब गर्छ भन्ने अध्यन गर्छ । सामुदायिक बन, पशुपालन समुह र स्थानियहरु सँग मिलेर यो काम लाई अगाडि बढाइरहेको छौ ।
रेडपाण्डा कुन क्षेत्रामा पाउछ या बासस्थान हो भन्ने शुरुमा कुन विधि कस्तो अध्यन बाट पत्ता लगाउनु हुन्छ ?
प्रमुख गरेर रेडपाण्डाले गर्ने दिसापिसाबबाट र आहारा बाट नै यस्को बासस्थानको पहिचान हुन्छ । किनकी आज जहाँ दिसापिसाब गर्यो भोलि पनि त्यही गर्छ । एकदिनमा करिब १०० मिटरको वरिपरि मात्र हिडडुल गर्ने भएको कारण पनि रेडपाण्डाको बासस्थान थाहापाउन सकिन्छ ।
कति ओटा सामुदायिक बनले रेडपाण्डाको निगरानी गर्छ ?
पाँचथरको सन्दर्भमा भन्ने हो भने १३ वटा सामुदायिक बनहरुमा रेडपाण्डा पाउछ । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १३ र १४ फालेलुङको ४,५ र ६ वडा, याङवरकको १ र २ वडामा पाउँछ । साबिक ६ वटा गाबिसमा रेडपाण्डा पाउछ ।
पाँचथरमा देखिएका रेडपाण्डा छिमेकी जिल्लामा पनि पुग्ने गरेका छन् ?
पुग्छ, छिमेकी जिल्ला इलाममा त पुग्छ नै, छिमेकी देश वेस्ट बाङ्गाल, सिंहलिला नेसनल पार्कपनी बोडरमा भएका कारण भारतको पाण्डा नेपाल आउने नेपालको पाण्डा भारत जानेक्रमपनी देखिएको छ ।
पाँचथरमा रेडपाण्डाको संख्यामा कती छन् ?
ठ्याक्कै भन्न चै सकिदैन तर २०१५ मा २५ देखि ४० वटा छ भन्ने अनुमान गरिएकोछ ।
रेडपाण्डालाई जिपिएस कलर गरिएको भनिन्छ, यो खासमा के हो ?
यो चै इलाम पाँचथर गरेर १० वटा लाई जिपिएस कलर गरिएको छ । यो भनेको चै यस्को बानी व्यावहार, यस्को अणुवाशिंक अध्यनको लागि हो । के खान्छ, के गर्छ, कसरी बाच्छ, उस्को गतिविधि के हुन्छ त्यो मुमेन्ट पत्ता लगाउनको लागि हो । हेर्दा मांसहारी जस्तो देखिएपनी यस्ले बनस्पति र फलफुल, घाँस निगालो नै खाएको देखिन्छ । यस्ता उस्का क्रियाकलाप अध्यन गर्नको लागि नै जिपिएस कलर रेडियो कलर गरिएको हो ।
बिद्यालयमा पनि पढाई हुन्छ, पाठ्यक्रम के के छन् र कति कक्षामा पढाई हुन्छ ?
हो ५ बर्ष अधि देखि बाताबरण संरक्षण शिक्षा भनेर कक्षा ६÷ ७ मा अध्यापन गराइन्छ । इलाम, पाँचथरको माथिल्लो क्षेत्र ताप्लेजुङमा पाउने बन्यजन्तु, बनस्पतिको बारेमा धेरै कुरा लेखिएको छ । बाताबरण संरक्षणमा बन्यजन्तु, बनस्पतिको संरक्षणको बारे कलर पेपरमा राखिएको छ जस्ले गर्दा बिद्यार्थीलाई स्थानिय स्थरको, बाताबरण संरक्षणको बारे जानकारी होस र संरक्षण गर्न र स्थानिय कुरा पढ्न साथै यी यस्ता जैबिक बिबिधता हाम्रो सम्पत्ति हो यस्को संरक्षण गर्नु पर्छ भन्ने बारे बुझाउने र रेडपाण्डा पनि हाम्रो सम्पत्ती रहेछ यसलाइ जोगाउनु पर्छ भन्ने मानसिकताको बिकास होस र साना बालबालिकाले भबिश्यमा त्यस क्षेत्रको अध्यन अनुसन्धान गर्नपनि र दिगो बिकासमा सरिक हुन सकोस भन्ने उद्देश्यको साथ राखिएको छ ।
स्थानियले रेडपाण्डा संरक्षणमा कसरी सहयोग गरिरहनु भएको छ ?
स्थानियको सहयोग बिना रेडपाण्डा जोगाउन सजिलो छैन । स्थानियबासिन्दा दैनिक क्रियाकलापको लागिपनी बनमै निर्भर हुनुपर्छ । तर पनि स्थानियले रेडपाण्डाको बासस्थान वरिपरि घाँस दाउरा नगर्ने, बासस्थान अलि पर पर मात्र घाँस दाउरा गर्ने, रेडपाण्डाले खाने आहार बनस्पति नकाट्ने गरेर सहयोग गर्नु हुन्छ ।
पाँचथरमा रेडपाण्डा हेर्नको लागि कहाँ कहाँ बाट पर्यटक आउछन् ?
पाँचथरको सन्दर्भमा चै त्यति प्रभावकारी नभएपनी चार पाँच वटा देश बाट आउनु भएको छ । इलाम ,पाँचथर र काठमाडौबाट पनि आउनु भएको छ । बिशेषत यहाँ होमस्टे खासै छैन भर्खर शुरु गरेका छौ । यहाँको ८१ वटा गोठलाइ चै गोठस्टेको रुपमा संचालन गरेका छौ । स्थानिय उत्पादन चखाउदै रेडपाण्डा अनि अन्य बन्यजन्तुको बासस्थान भएकोले त्यो दृश्य पनि देखाउन सकिने रहेछ भने अवधारणाको शुरूवात हुँदै छ ।
रेडपाण्डाको महत्व के छ ?
लजालु, बिश्वमा लोपोन्मुख, कमै मात्र पाइने त्यस्तै बन्यजन्तुमा दुर्लभ र पर्यावरणिय हिसाबले पनि जोगाउनु पर्छ । बर्षमा एक चोटिमात्र प्रजनन हुने र न्यून संख्यामा मात्र हने भएका कारण र बिशेषत यस्ले रुखको टोड्कामा मात्र बच्चा जन्माउछ । यस्ले आफ्नो बच्चाको रेखदेख गर्न पनि सक्दैन । यदि कतै झरी गए बच्चालाइ बचाउन पनि सक्दैन । जस्ले गर्दा कयौ बच्चा झरेर पनि मर्छ । कुकुर, बनसाप्रो, चील लगाएतका जन्तु बाटपनी यो सुरक्षित नहुने कारणले पनि यो लोपोन्मुख हुँदै गएको हो र यस्लाइ जोगाउनु एउटा पर्यावरणको दृष्टिकोणबाट पनि महत्वपूर्ण हुन्छ ।
दिपज्योती युवा क्लबले रेडपाण्डा जोगाउण के के गर्दै छ ?
दिपज्योती युवा कल्बले अहिले रेडपाण्डाको बासस्थानको संरक्षण गर्नु पर्छ भन्ने सचेतना कार्यक्रम गर्दै छ । यस्को बासस्थान वरिपरि वृक्ष रोपण गर्दै छ । यस्ले खाने आहारा भालु चुन्डे, ठेकिफल र यस्ले खाने प्रजातिको नर्सरीको स्थापना गर्दै छ । जिबिका पार्जनको कामहरु जस्तो सामुदायिक बनहरुको कार्ययोजना नवीकरण गराउने, त्यो कार्ययोजनमा रेडपाण्डा संरक्षण क्षेत्रहरु घोषणा गर्ने, रेडपाण्डा घोषणा गरेको ठाउँमा बृक्षा रोपण गर्ने, रेडपाण्डाको बासस्थान संरक्षण गर्ने काम भैरहेको छ ।