पाँचथर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पाँचथरका ५ जना नेताहरुले बिभिन्न पदमा दाबि पेश गरेका छन् । बर्तमान केन्द्रीय सदस्य तथा अनुसाशन विभागका संयोजक भिष्मराज आङदेम्बेले अादीवासी काेटाबाट सहमहामन्त्री तथा निवर्तमान जिल्ला पार्टी सभापती नरेन्द्र केरुङले आदीवासी कोटाबाट केन्द्रीय सदस्य पदमा दाबि पेश गरेका छन् ।
पार्टी सभापती सहित २६ जना महाधिवेशन प्रतिनिधि रहेको पाँचथरबाट आङदेम्बे र केरुङ बाहेक अन्य ३ जना नेताहरुले पनि केन्द्रीय सदस्य पदमा दाबी गरेका छन् । यसरी दाबी गर्ने नेताहरुमा बिमल धमला दलित कोटाबाट केन्द्रीय सदस्य, डी.बी गुरुङ जनजाती कोटाबाट केन्द्रीय सदस्य, कान्ता रिजाल खस आर्य महिला तर्फबाट केन्द्रीय सदस्यमा दबी गरेका हुन् ।
कांग्रेसभित्रको दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरुले भने आफ्नो दाबेदारी पेस गरेका हुन् ।
उमेद्वारी घोषणा गरेका नेताहरू गुटको लिस्टमा पर्न दौढधुप नेताको घरदैलो थालेका छन् । एउटै समूह भित्र धेरै आकांक्षी भएकाले गुटको लिस्टमा नपर्दा चुनाव जित्न सजिलो नहुने निचोडसहित नेताहरू आ-आफ्नो समूहमा लविङमा छन् ।