पाँचथर । तराईमा जाडो महिनामा रुखका फेदमा होस या चोक तिर बिशेष गरि राजवंशी समुदायको पकवानको रुपमा रहेको चामलको पिठो बाट बनेको परिकार ‘भक्का’ अब तराईमा मात्र होइन अहिले पाहाडका चोक अनि बिहानै लाग्ने तरकारी बजारमा व्यवसायीक रुप लिइदै छ । घरमा खाजाको रूपमा चामलको पिठोबाट तयार पार्ने भक्का अब चुलामा मात्रै सीमित नरहेर पाहाडी बजार सम्म ल्याएर मनग्ये आम्दानीको माध्यम समेत बन्दै गएको छ।
विशेष गरेर पाहाडी क्षेत्रमा ‘ भक्का ‘ खान पाइदैन थियो तर सुधा धिमालले पहाडी बजारमा पनि भक्का व्यवसाय शुरुगरेकी छिन । कोभिड १९”का कारण बन्द रहेको फिदिममा लाग्ने हाट बजार यतिबेला फिदिमको शिक्षा लाइन र लखन मार्गको बिच चोकमा गाउँघरमा फलेका तरकारी प्रसस्त पाउन थाले संगै तरकारी बजार नजिकै उनले भक्का व्यवसाय शुरुगरेकी हुन । शुरुमा उनलाइ डर थियो तराईको परिकार पहाडमा बिक्री होला कि नहिला भनेर तर व्यवसाय शुरुगरेको केहि समयमा नै यस्को माग बढेको छ । चिसो बढेको छ तातो भक्का टमाटरको अचार संग सबै उमेरकाले मनपराएको देख्दा सुधा खुशी छिन । बिहान भक्का बेच्चिन अनि साँझको समयमा भक्काको पिठो बनाउन व्यस्त हुन्छिन् । श्रीमान ठेकेदार हुन उनलाई श्रीमतिले भक्का बेचेको पटक्कै मनपरेको छैन । ‘ श्रीमानलाइ मननपरि नपरी किन गर्नु भयो त ? प्रश्नको जवाफ दिदै सुधा भन्छिन् – ” एक्लै बस्दा त डिप्रेसननै होला जस्तो भयो । जानेको सीप प्रयोग गर्दा आफुले आफ्नो खर्चको लागि हात पसार्नु नपर्दा पनि आनन्द भयो पैसामा पैसा अनि काम गरेपछी डिप्रेसन होला भन्नू पनि परेन त्यही भएर श्रीमानलाइ मन नपरे पनि गरेकी हु । उनी भन्छिन “भक्काको व्यपारले आम्दानी पनि राम्रो हुने गरेको उनले बताइन्। ‘पहिले-पहिले घरमा परिवार र आफन्तलाई भक्का बनाएर चिया, अचारसँग खान दिने गर्थे अहिके पहाड आएपछी आफुबसेको नजिकै तरकारी किन्ने भिड हुदा टाइम पास गरेकी हु । धुलाबारी घर अनि माइती पनि उतै भएकी उनी श्रीमानको कामको सिलसिलामा आएकी हुन् । उनको नजिकै बस्ने चौधरी समुदायकी साथि पनि यस व्यवसाय प्रती आकर्षित देख्दा उनी खुशी हुन्छिन् । आजभोलि अन्य समुदायले पनि रुचाएकाले यसको व्यापारले आम्दानी हुँदै आएको छ । तराई तिर बिशेषगरि ’भक्काको व्यापार गर्मी मौसमभन्दा जाडोमा हुने गरेको थियो अब यहाँ कस्तो हुन्छ अनुभव नभएको सुधाले बताइन् । बिहान कलेजका विद्यार्थी, मर्निङ वाकमा निस्केका र तरकारी किन्न आउनेहरुले भक्का खाने गरेको उनले बताइन्। दैनिक ८ देखि ९ किलो चामलको पिठोबाट भक्का तयार पारेर बेच्दै आएको सुधाले बताइन्। उनले प्रतिगोटा १० रुपैयाँले बेच्दा दैनिक १५ सय देखि २ हजार २ सय रूपैयाँसम्मको व्यापार हुने गरेको उनले जानकारी दिइन्।
बजारमा उपलब्ध हुने अन्य जंकफुडभन्दा भक्का नै खाने गरेकी छु स्वास्थ्यका लागि राम्रो हुने अनि अन्य खाजा भन्दा सस्तो पनि पर्ने हुँदा दैनिक बिहानको खाजामा छोरी अनि म भक्का नै खाने गरेको भक्का व्यवसाय नजिकै जुत्ता व्यवसायी रबिना ओलि बताउँछिन्। ‘बिहानै चिल्लो खान गार्हो हुन्छ यसमा चिल्लो हुँदैन स्वास्थ्यका हिसाबले पनि राम्रै हुन्छ जस्तो लाग्छ ‚’ उनले भनिन्‚ ‘यहाँ पाउन थालेदेखी खादै आएको छु । ’
भक्काको व्यापारको सुरुवात राजवंशी समुदायले गर्ने गरेको भए पनि पछिल्लो समय अन्य समुदाय पनि यसको व्यापारमा आकर्षित भएका छन्। पूर्वी झापाका राजवंशी समुदायले भक्का खाजाको रुपमा मात्रै नभएर छोरीलाई ज्वाइँको घर पठाउँदा कोसेली स्वरुप पठाउने चलनसमेत रहेको छ। तराईका विभिन्न जिल्लाहरुमा भक्का व्यवसाही र भक्का पारखी भेटिए पनि अब भक्काले पहाडी जिल्लामा पनि आफ्नो स्वादले व्यापकता पाउने देखिन्छ ।