पाँचथर । सर्वोच्च अदालत परिसरभित्र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विरोधमा प्रदर्शन भइरहेको बेला सर्वोच्च बाहिर जबराको समर्थनमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् ।
सर्वोच्च बाहिर थोरै संख्यामा रहेका जबराका समर्थक कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । जबराका समर्थक र विरोधी कानून व्यवसायीहरूबीच गेटभित्र र बाहिरबाट बाझाबाझ भएको थियो ।
थोरै संख्यामा रहेका जबरा समर्थक कानून व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जबराका समर्थक कानून व्यवसायीहरूलाई नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाको संज्ञा दिए । उनले धर्नालाई सम्बोधन गर्दै भने, ‘ए विचौलियाहरू हो होस् गर् तिमीहरूको नाइकेलाई हामीले निकालिसकेका छौं भने तिमीहरूको केही लाग्ने छैन ।’ उनले घर जान उनीहरूलाई आग्रह गरे । अनलाइनखबरबाट