पाँचथर– मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेका असोक भण्डारीले गतबर्ष धान र मकै धेरै फलाएर दुईलाख पुरस्कार पाए ।
४० मुरी भन्दा धेरै धान फलाउने किसानालाई १ लाख पुरस्कार गाँउपालीकाले दिएको थियो । धान र मकै धेरै फलाउदा दोहोर पुरस्कार पाएका भण्डारी यो साल उसरीनै पुरस्कार थाप्ने योजनामा थिए ।
गत बर्ष ५७ मुरी धान फलाएका भण्डारीको यो बर्ष ८० मुरी कटाउने योजना भण्डारीको थियो । तर बेमौसमी बर्षाका कारण खोलामा आएको बाढिका कारण उनको धान खेत बगायो ।
घर भित्र्याउन लागको बाली खोलाले बगाउँदा किसानहरु चिन्तामा छन् । मंसिरमा धान भित्र्याउनलाई बर्खाभरी दुख गरेका किसानको बाली बगाएको छ । बालीसँगै किसानका सपना र परिवार चलाउने योजना पनि बगाएको पाईन्छ ।
‘खेत तर्फ फर्किदा आशु झर्छ । हामी गरिब किसानको त्यो खेत भन्दा के नै थियो र ? खोलाभन्दा एक बसा माथिको खेत बगर भयो । गत बर्ष पुरस्कार पाइया थियो, अहिले त एक गेडो धान भित्र्याउन पाइएला जस्तो छैन्’ भण्डारीले आफ्नो पिर पोख्दै भने ‘यो पाली पाँच पाथिको विउँ थपेर ३० पाथीको रोपेको थिए ।
सबै बगायो । पहिले कहिल्यै त्यस्तो हुदैन् । जन्मले नजानेको भेल बगायो । आफ्नो त गरिखाने भाडोनै सकियो । खेतमा खोला कुदिराखेका छ । खोला छेउछाउका खेत कुनैपनि रहेन । बन्धकि दुई कित्ता थियो, १२ पाथीको अधिँयाको खेती थियो । आफ्नो आठपाथि खेत थियो ।’
उनको जागरे भन्ने ठाँउ खेती बगाएको हो । उनका अनुसार यो महिना लहलह बाला देखिने खेत बगर भएको छ । ‘विगतमा यो बेला धानबारी हेरीरहु लाग्यो, अहिले खेतमा बगर भएर खोला बगेको देख्दा आशु झर्छ’ भण्डारीले सुनाए ।
‘सरकारले केहि सहयोग गरे त हुने नी’ उनले भने ‘हामी किसानको पिर कहिले ठाँउमा पुग्ला र ?’
भण्डारी जस्तै किसान पीडामा छन् । आफ्नै खेत, अधिया तथा बन्धकी लगाएर धान रोपेका किसानको महेनत बाढिले बगाएको छ ।
लगातारको पानी र पहिलो नाँवा खोलामा मिसिदा मिक्लाजुङ र तुम्बेवाका धान फल्ने सुन्दर फाँट बगरमा परिणत भएका छन् । पाकेकोबाली बाढि, पहिरोले बगाएपछि किसानाका पीडाका कथा सुनिदिने कोहि छैन् ।
खेत विरक्त लाग्दो देखिन्छ । नाँवा खोला आसपासमा अधिकांश खेत बाढि–पहिरोले बगाएको छ । खेतबारी हेर्दै किसान विरक्तलाग्दो कुरा सुनाउँछन् । किसानले निक्कै ठुलो मेहनत गरेका हुन्छ । नुँवा खोलाका आसपासमा रहेका खेतमै बसेर धान रोप्ने गर्छन् ।
खोला खेतमा विभिन्न बाली लगाएर परिवार पाल्ने किसानका खेत यतिबेला बगर भएका छन् । फेरी खेती लगाउन नमिल्ने गरी क्षती पुगेको छ ।
मिक्लाजुङ गाँउपालीका–६ का मोहनसिंह तामाङले जग्गा अधिँयामा लिएर धान रोपेको थिए । अधिँया बाढ्दापनि ४० मुरी कटाएर गाँउपालीकाको पुरस्कार पाउने योजना उनको थियो । ‘धान, खेतनै रहेन । अब के गर्नु’ तामाङले भने ‘हामी किसानलाई जे’ले पनि ठग्ने ।’
उनका जस्तै नुँवा खोलोले खेत बगाएका किसानका गुनाँसा छन् । कति क्षती भयो भन्ने यकिन विवरण संकलन भईसकेको छ्रैन् । गाँउपालीकाको गौरबको नमुना कृषि फर्म पनि बगाएको छ ।
‘कृषि क्षेत्रमा साह्रै ठुलो क्षती पुगेको छ । धान, अलैची लगायका नगदे तथा अन्नबाली र खेतीयोग्य जमिन बगाएको छ’ मिक्लाजुङ गाँउपालीकाका अध्यक्ष अमर माखिम भन्छन् ‘कृषिमा आत्मानिर्भर हुने हाम्रो योजनालाई ठुलो असर पुग्यो ।’
जताततै पहिरो गएको छ । किसानहरु सानो तथा ठुलो क्षतीको मारमा छन् । ‘अलैची बगानमा त पहिरोमात्र छ । जता हर्यो उतै खेतीबाली बगाएकोछ’ जोगीडाँडाका सुविन्द्र तामाङले भने ‘पहिरै पहिरो भएको अलैची बगान हेरेर विरिक्तएर फर्किए ।’
तुम्मबेवा गाँउपाली–५ का गोविन्द श्रेष्ठको कथा बेग्लै छ । ‘कोरोना भाईरसका कारण छोरा÷बुहारी घर आएपछि धान खेती बढाएर ५३ पाथी विउँको धान रोपेकोथिए । अहिले धान पनि राम्रैथियो । पहिरोले लानु रहेछ, अनिपो फस्टाएछ’ श्रेष्ठले भने ‘पाँच पाथिको विउ भएको खेतपनि बचेन । बर्षाभरी दुख गरिएको थियो । आफ्नो बाहेक बन्धकी लगाएरपनि रोपेको थिए ।’
राईबेसी, सिठ्ठाबेसी, कम्फूबेसी, आपटार, माझिटार, लामपाते, भुल्के, टोखा, डिटार, बाजगारा, प्रमाणे, देभान लगायतका बेसीमका खेत बगाएका छन् ।
नुँवा खोला आसपासमाका अधिकाश खेत बगाएको छ । काहि काहिमात्र धान खेती, अरु तिर बगर देखिने लिम्बाका किसान नितेश रेग्मीले बताए । बर्खाभरी खोलाखेतमा बसेर बगाएको पशिला बाढि, पहिरोले एकै दिनमा उढाएको उनको भनाई छ । खोलाका छेउमा रहेका फाँटमात्र हैन मिक्लाजुङका विभिन्न गाँउमा खेती र खेतीयोग्य जमिन बगाएको छ । यहाँका अधिकाश सिचाई कुलो भत्काएको मिक्लाजुङ–७ का शिक्षक घनश्याम घिमिरे बताउँछन् ।
किसानहरु राहत, सहयोग पाउने आशमा सरकार तर्फ फर्किएका छन् । स्थानीय सरकारलेमात्र धान्न सक्ने अवस्था छैन् ।