पाँचथर । यदि तपाई पैसा पाउन चाहनुहुन्छ वा तपाईलाई पैसासँग सम्बन्धित कुनै समस्या छ भने, तनाव नलिनुहोस्। धनतेरसको दिन यहाँ उल्लेख गरिएका स्थानहरूमा अवश्य दीप बाल्नुहोस्।यी स्थानमा दियो बाल्दा जीवनमा धनको कमी नहुने जनविश्वास रहेको छ । त्यसोभए जानौं‘धनतेरसमा साँझ पिपलको रुखमुनि दियो बाल्नु पर्छ । पीपलमा लक्ष्मीको वास हुने र धनतेरसको दिन दीप प्रज्वलन गरे जीवनमा धनको कमी हुँदैन भन्ने
मान्यता छ ।यदि तपाईलाई आर्थिक समस्या छ वा धनको इच्छा छ भने धनतेरसको रातमा बेलको रूखमुनि दीप प्रज्वलन गर्नुहोस्। ध्यान दिनुहोस् कि दियोमा घ्यू मात्र प्रयोग गर्नुपर्छ। यसो गर्नाले धन, सुख, समृद्धिको वृद्धि हुने जनविश्वास छ ।धनतेरसको रात श्मशान घाटमा दीप प्रज्वलन गर्नुपर्छ । यसो गर्नाले देवी लक्ष्मी प्रसन्न हुनुका साथै उहाँको कृपाले जीवनमा ऐश्वर्य वृद्धि हुने जनविश्वास छ ।धनतेरसको दिन पिपल, बेलको रुख र श्मशान बाहेक घरको ढोकामा दीप प्रज्वलन गर्नुपर्छ । यसो गर्नाले माता लक्ष्मीको घरमा प्रवेश हुने जनविश्वास छ र जहाँ माता लक्ष्मीको बास हुन्छ त्यहाँ धनको कमी हुँदैन । त्यसैले धनतेरसको रात घरको ढोकामा दियो बाल्न नबिर्सनुहोस्। यसैगरी पिपल भगवानकै यौटा स्वरुप भएको हिन्दु धार्मिक मान्यता छ , सत्ययुगमा राक्षस जालन्धरको अन्याय अत्याचार अन्त्य गर्न जालन्धरकि पत्नी वृन्दाको सत्य डगाउन भगवान बिष्णु स्वयं जालान्धर्कै रुप धारण गरि गएको र त्यो सत्य बृन्दाले थाहा पाएर भगवान विष्णुलाई श्राप दिएको कथन सुन्न पाइन्छ ,वृन्दाले घास ,झार पत्थर र विरुवा हुनु परोस भनि श्राप दिएकी थिइन् जसमा झार हुनु परोस भनेको मा तुलसी ,घास हुनु परोस भनेको मा कुश ,पत्थर हुनु परोस भनेको मा शालिग्राम र विरुवा हुनु परोस भनेको मा पिपल ।यसरि पिपल भगवान बिष्णुको स्वरुप रहेको विश्वास गरिन्छ गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ ।
सुख, ऐश्वर्य प्राप्ति हुन्छ ।त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ।थाहापाई राख्नुहोस् केही त्यस्ता उपायहरू ।जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।जल चढाएपछि फूलप्रसाद चढाउनु होस् : धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ :
ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि बढ्दै जान्छ ।यदी कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय विस्तारै विस्तारै शुभ हुँदै जान्छ ।शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी ( मानिन्छ ।साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ । छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ ।
धन्तेरसको साझ यी काम गर्नाले हुने छ परिवारमा सुख शान्ति
धन्तेरसको साझ यी काम गर्नाले हुने छ परिवारमा सुख शान्ति

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस