पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१४ सानो भालुखोपमा एक वृद्धको गोठमा गोरुले हानेपछि भिरबाट लडी ज्यान गएको छ। ६९ वर्षीय पदम बीर राई मंगलबार साँझ गोठमा गोरु बाँध्ने क्रममा गोरुको प्रहारमा परेर करिब १५० मिटर तल खसेका थिए।
स्थानियहरुकाे खबरपछि प्रहरी टोलीले स्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल पाँचथरमा ल्याइएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अवधेश कुमार यादवले गोठमा गोरु सम्हाल्ने क्रममा भएको दुर्घटनाले राईको ज्यान गएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।




