पाँचथर- नेकपा (एमाले) को ११ अौ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागी पाँचथरमा ३२ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका संयोजक जेपि केरुङका अनुसार ८ जना महाधिवेशन प्रतिनिधिका लागी यतिको सङ्ख्यामा आवेदन भएको हो ।
४ खुल्लामा १६ जना, महिलाको दुई स्थानमा ७, दलित एकमा ३ र १ युवाका लागी ६ जनाको आवेदन परेको हो ।
केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन्छन्।
सहमतिको प्रयास हुने नेताहरूले बताएका छन् । सहमति नभए मंसिर १३ गते मतदान हुने जानकारी दिइएको छ ।




