पाँचथर। प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायाताको राजधानी लण्डन प्रस्तान गरेका हुन् ।बेलायातको ग्लास्को शहरमा हुन् लागेको जलबायु परिवर्तन सम्बन्धि सम्मेलन कोफ २०२१ मा भाग लिन २० सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेराबाहादुर देउवा बेलायत प्रस्तान गरेका हुन् । देउवाको अनुपर्स्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् ।
देउवा पाचौ पाटक प्रधानमन्त्री भए पछी को पहिलो विदेश भ्रमण हो प्रधानमन्त्री देउवाले । कोफ २०२१ पर्सि देखि आउदो २६ गते सम्म हुदै छ । देउवा यहि कार्तिक १५ र १६ गते हुने ओल्ड लिडर समिटमा सम्बोधन गर्दै छन् । नेपालको पर्वतीय क्षेत्रहरुको जनजीवनमा जलबायु परिवर्तनको असर,हानि ,नोक्सानीलाई थप अलगै कार्यक्रमहरु बाट सम्बोधन गर्नु पर्ने सवाल तथा दिगो वित्तीय व्यवस्था सुनिश्चित गर्न बिश्वसमुदायको ध्यानाकार्षण गराउने वन मन्त्रालयले जनाएको छ ।
त्यस क्रममा देउवाले भारतीय समकक्ष लगाएत विभिन्न देशको नेताहरु संग उच्चस्तरीय साइडलाइन वार्ता गर्ने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा गृहमन्त्री खाँणले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बरिष्ठतम सदस्य खाँणले प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने कामकाज सम्हाल्ने गरी तोकेकी हुन् ।
प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्किंने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।