पाँचथर । पहिरोले सडक तहसनहस बनाएर स्वास्थ्य केन्द्र लैजान नसकि रहेका दुई जना गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
तुम्बेवा र मिक्लाजुङ गाउँपालिका का एक-एक जना सुत्केरी व्यथा लागेका महिलालाई हेलिकोप्टरबाट स्वास्थ्य केन्द्र लगिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए ।
उनीहरुलाई बिपि मेमोरियल अस्पताल धरान लगिएको छ । मिक्लाजुङ-४ कि सगुन राईलाई हेलिकप्टरबाट उद्धार गरिएको गाँउपालिका अध्यक्ष अमर माखिमले बताए । यस्तै तुम्वेवा गाउँपालिका-४ कि संगीता बराईलीलाई अस्पताल लगिएको हो ।
बेमौसमी बर्षाका कारण पाँचथरका अधिकांश सडक तहसनहस भएका छन् ।