पाँचथर । महिनावारी सम्बन्धि कुनै जानकारी नहुदाँ एक महिलाले पहिलो पटक महिनावारी भएर रगत बग्दा यौन अंगमा जुकाले टोकेको भन्ठानेर कोइलाको धुलो यौन अंगमा लगाएको सुन्दा निकै आश्चार्य लाग्छ ।
महिनावारी हुदाँ के हुन्छ मलाई थाहा थिएन पहिलो पटक महिनावारी हुदाँ रगत बग्यो मैले सम्झे जुकाले टोकेर रगत आएको होला । त्यसैले मैले कोइलाको धुलो बनाएर यौन अंगमा लगाए तर पनि रगत बग्न छाडेन यो सम्झन्दा अहिले लच्जित हुन्छु पाँचथर फालेलुङ ७ की बबिता श्रेष्ठ(नाम परिर्वतन) बताउनु हुन्छु । त्यस बेला अहिले जस्तो महिनावारी किन हुन्छ कसरी हुन्छ कसैले कसैलाई भन्दैनथ्ये नछुने भएको बेला खाना पकाउन,पुजाआजा गर्न अन्नको बिउ छुन दिदैनथे । तर अहिले त महिनावारी बारे सबै किशोरीहरुलाई जानकारी छ श्रेष्ठ बताउनु हुन्छ ।
विद्यालय गएको बेला महिनावारी हुदाँ समस्या भए पछि पटक पटक पढाइ छाडेर घर गएको बिगतको अबस्था थियो अहिले धेरै परिवर्तन भएकोमा निकै खुशी छु फिदिम ४ स्थित गढी माविका १५ बर्षिया किशोरी सूचना योङया लिम्बु भन्नुहुन्छ । केही बर्ष अघि सम्म किशोरीहरु महिनावारी हुदाँ विद्यालय जादैनथ्ये विद्यालय गएको बेलामा महिनावारी भई हालेमा घर फिर्थे कारण महिनावारी हुदाँ लगाउने प्याड सामान्य खालको हुन्थ्यो कपडाको प्याडबाट रगत बाहिर आउने र अरुले देख्ने हुनाले उनीहरु सकभर त्यस्तो अबस्थामा विद्यालय जादैनथ्ये उनीहरुको पढाइ छुट्थ्यो तर २र३ बर्ष देखि भने विद्यालयले नै सेनिटरी प्याड बितरण गर्न थाल्यो अहिले किशोरीहरु ढुक्क छन योङया बताउनुहुन्छ । छात्राहरुलाई महिनावारी सम्बन्धि प्रयाप्त जानकारी र महिनावारीको अबस्थामा सेनिटरी प्याड बितरण गर्न शुरु गरिए पछि छात्राहरुको बिद्यालयमा उपस्थिती ८५ प्रतिशत पुगेको र आप्mनो विद्यालयमा बिशेष अबस्थाका विद्यार्थीहरु समेत रहेका हुनाले सेनिटरी प्याड डिस्पोजल मेशिनको आवश्यकता रहेको गढी मावि फिदिम ४ का प्रधान अध्यापक मानधोज थाम्सुहाङ बताउनु हुन्छ ।
गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागि सेनिटरी प्याड बितरण गर्न थाले पछि विद्यार्थीहरुलाइ राहत मिलेको छ । महिनावारी हुदाँ देखा पर्ने समस्याका कारण छात्राहरुको विद्यालयमा उपस्थिती न्यून हुन्थ्यो विद्यालयकै समयमा महिनावारी भइ हालेमा बिभिन्न बाहाना बनाएर कक्षा छाड्ने गर्थे तर अहिले त्यस्तो अबस्था छैन । किशोरीहरु खुलेरै कुरा गर्छन सेनिटरी प्याड माग्छन लजाउँदैनन । गुप्तेश्वर मावि याङवरक ३ ओयामका शिक्षिका उमा दुलाल बताउनु हुन्छ । अहिले पहिलाको जस्तो अबस्था छैन बिशेष गरेर किशोरीहरुलाई महिनावारी सम्बन्धि धेरै जानकारी छ । अहिले जिद्यालयले नै आश्यकता अनुसार सेनिटरी प्याड दिन्छ त्यही भएर आफुहरु ढुक्क भएको किशोरीहरु बताउँछन । पहिला पहिला साथीहरुले प्रयोग गर्ने गरेको प्याड सामान्य कपडाको वा पुरानो थाङनाको हुन्थ्यो त्यस्तो प्याडमा सजिलै रगत बाहिर देखिने हुन्थ्यो त्यसैले छात्राहरु लाजले विद्यालय नआउने आई हालेमा पनि बिच घण्टीमै कक्षा छाड्ने गर्थे । अनि घरमा पनि आफुले प्रयोग गर्ने गरेको प्याड धोएर कता सुकाउने दाजु भाइहरुले पो देख्ने हुनकी भन्ने चिन्ता पनि थियो । जब विद्यालयले सेनिटरी प्याड बितरण गर्न शुरु ग¥यो त्यस पछि भने त्यस्तो अबस्था छैन महिनावारी के हो किन हुन्छ भन्ने बारेमा पाठ्य पुस्तकहरुमा अध्ययन गर्ने अनि बाल क्लबमा समेत त्यस बारेमा छलफल हुनथाल्यो । गुप्तेश्वर मावि ओयाम कक्षा १० का छात्रा बृद्धी सेलिङ लिम्बु बताउनु हुन्छ ।
म गाउँमा जन्मी हुर्केको मान्छे सेनिटरी प्याड के हो थाहा नै थिएन । गाउँको विद्यालयमा कक्षा ५ मा पढ्दा महिनावारी भएको थिएन । कक्षा ७ बाट बजार क्षेत्रमा रहेको विद्यालयमा पढ्न गए पछि मात्र सेनिटरी प्याड प्रयोग गर्न थालेको हो । सेनिटरी प्याड प्रयोग गर्न सजिलो स्वास्थ्यका दृष्टिले पनि राम्रो छ । त्यस कारण किशोरीहरु अधिकाँशले सेनिटरी प्याड प्रयोग गर्ने गरेको फिदिाम मा वि कक्षा ९ की अञ्जु लिम्बु (नाम परिवर्तन) बताउनु हुन्छ । अब त गाउँ शहर सबै किशोरीहरुलाई महिनावारी सम्बन्धि ज्ञान बढेको वहाँ भन्नुहुन्छ ।
शहरका विद्यालयमात्र होइन अहिले भने ग्रामिण क्षेत्रमा विद्यालयमा समेत महिनावारी र महिनावारी हुदाँ प्रयोग गरिने सेनिटरी प्याड बितरण गर्न थालिए पछि छात्राहरुलाइ राहत मिलेको छ । यसै कारणले पहिलाको तुलानमा छात्राहरुको विद्यालय आउने र आए पछि पुरा नपढि घर जाने चलनमा कमि आएको कुम्मायक गाउँपालका वडा न ५ स्याबरुमबा स्थित महेन्द्रदोय माविका प्रधान अध्यापक राजेन्द्र बुढाथोकी बताउनुहुन्छ ।
किशोरीहरु महिनावारी हुदा विद्यालयमा उनीहरुको उपस्थिती कम हुन्थ्यो यो समस्याले उनीहरुको शिकाइ प्रक्रियामा निकै असर पुग्नेगथ्र्यो यहि अबस्थालाई मध्य नजर राखेर सामुदायिक विद्यालयहरुमा नेपाल सरकारको संघिय बजेट अन्र्तगत स्थानीय तहले सेनिटरी प्याड वितरण गर्दै आइरहेको छ । स्थानीय तहले कक्षा ६ देखि माथी १२ कक्षासम्म अध्ययनरत किशोरीहरुका लागि सेनिटरी प्याड वितरण गरिरहेको छ । विद्यालयमा प्याड उपलब्ध गराउनाले छात्राहरुलाई धेरै सहज भएको श्री सिंहसिद्ध माध्यमिक विद्यालय फिदिम १३ जर्बुटेका शिक्षिका ज्ञानु राई बताउनु हुन्छ ।
किशोरीहरुलाई सेनिटरी प्याड उपलब्ध गराउन थाले पछि विद्यालय नियमित आउने वातावरण बनेको श्री कालिका मा.वि.फालेलुङ ५ की शिक्षिका सर्मिला राईको पनि बुझाइ छ ।
महिनावारी भनेको महिलाहरुको लागि सम्बेदनशिल अबस्थाहो यो बेला खास गरी आप्mनो स्वास्थ्यको ख्याल गर्नु पर्छ । अनि महिनावारी हुदाँ प्रयोग गरिने प्याड सफा हुनुपर्छ पुरानो थाङनाको प्याड प्रयोग गर्नु हुदैन प्रयोग गरी सके पछि घाममा मजाले सुक्ने गरी सुकाउनु पर्छ पुरानो थाङनाको प्याड प्रयोग गर्दा यौन जन्य रोगहरु हुन सक्छ त्यसैले महिलाहरुले यो अबस्थालाई हेलचेक्याइ गर्नु हुदैन जिल्ला अस्पताल पाँचथरका डा बुद्धीबहादुर थापा बताउनु हुन्छ ।
७ वटा गाउँ पालिका, र १ नगरपालिका रहेको पाँचथर जिल्लामा प्राय सबै पालिकाका शिक्षा शाखाले स्थानीय स्वास्थ्य संस्थाहरुसंग समन्वय गरी किशोरीहरुलाई महिनावारी स्वच्छता सम्बन्धि सचेतना मुलक कार्यक्रमहरु समेत आयोजना गरिहेका छन् ।
फिदिम नगरपालिकाले आ.व. २०६७÷०७७ बाट नै किशोरी शिक्षा सम्बन्धि जनचेतनामुलका कार्यक्रम स्थानीय साझेदार संस्था महिला जागरण संघ शाखा फिदिम सितको साझेदारीमा कार्यक्रम संचालन गरेको छ । १४ वटा वडाका महिला तथा किशोरीहरुलाई महिनावारी, महिनावारी स्वच्छता सम्बन्धि ज्ञान नहुँदा पर्ने दिर्घकालिन असर लगायतको विषयमा सचेतनामुलक कार्यक्रम पटक पटक संचालन गरी सकेको फिदिम नगरपालिका उपप्रमुख उर्मिला प्रधान भन्नुहुन्छ ।
किशोरीहरुले महिनावारी व्यवस्थापनका लागि प्रयोग गर्ने सामाग्रीको प्रयोग गर्र्ने तरिका, प्रयोग गरिएको सामाग्रीहरुको सुरक्षित व्यवस्थापन गर्ने ? भन्ने विषयमा सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको गाउँपालिका शिक्षा शाखा प्रमुखहरु बताउनुहुन्छ । तुम्बेवा गाउँपालिकामा भने ६ वटा माध्यमिक विद्यालय रहेको र सबै मा.वि.लाई प्रयोग भइ सकेका सेनिटरी प्याड डिस्पोजल गर्ने मेसिन समेत वितरण गरिसकेको शाखा प्रमुख छविलाल ढकालले जानकारी दिनुहुन्छ । अन्य आधारभूत विद्यालयहरुलाई पनि क्रमिक रुपमा डिस्पोजल मेसिन वितरण गर्ने योजना रहेको ढकालले जनाएको छ ।
सहर बजार क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीमा मात्र नभएर ग्रामिण भेगका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा पनि स्यानीटरी प्याडको बढ्दो प्रयोगले सहज बन्दै गईरहको अवस्था छ । महिलाहरुमा हुने महिनावारी प्रति केही धार्मिक अन्धबिश्वास भए पनि त्यसलाई अवसरका रुपमा लिनु पर्छ जस्तै खाना पकाउन मन्दिरमा पुजा गर्न जानु हुदैन भन्ने धारणालाई सकारात्मक रुपले लिएर त्यस बेला महिलाहरुलाई आरामको जरुरी पर्ने हुनाले आराम गरेर अवसर लिनु पर्ने र स्वास्थ्य र सुरक्षाका दृष्टिले प्रतिकुल देखिएका पुुराना परम्परालाई भने तोड्नु पर्ने पत्रकार महासंघ १ न प्रदेश प्रतिनिधी तथा केन्जो खबर अनलाइनका सम्पादक सरला रेग्मी नेपाल बताउनु हुन्छ ।
प्रविधिको विकास संगै चेतना स्तर पनि उति कै विकास हुँदै गएकाले अहिलेको किशोर किशोरीहरु महिनावारी सम्बन्धि धेरै जानकार रहेका छन् । विभिन्न तालिम गोष्ठि, कार्यक्रमहरुमा सहभागि हुने, विद्यालयहरुमा महिनावारी सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना, विभिन्न सामाजिक संजाल, पत्रपत्रिका, रडियो, टेलिभिजन जस्ता प्रविधिले पनि महिला तथा किशोर किशोरीहरु सचेत भएको पाइन्छ स्थानीय सरकारले पनि किशोरीहरुका लागि सचेतामुलक कार्यक्रमलाई प्राथमिकता दिएको पाइन्छ । पहिलाको तुलनामा किशोरी अबस्थाबाट शुरु हुने महिनावारी प्रति किशोरीहरु सचेत बनेको र आम अभिभावकको महिनावारी प्रतिको धारणामा सकारात्मक परिवर्तन आएको देखिन्छ । पब्लिकटाईम्सबाट