यदि तपाईंको सबै कुरा सुन्छन् भने – यदि तपाइँको श्रीमन्ले तपाईंलाई ध्यान दिन्छन् र तपाईंको सबै कुरा ध्यानपूर्वक सुन्छन् भने तब बुझ्नुहोस् कि उनीहरुको हृदय तपाईंसँग जोडिएको छ । यस्तो स्थितिमा उनीहरु तपाईंको हरेक सानो कुरा र आवश्यकताको विशेष ख्याल राख्नेछन् । साथैं, तपाईंलाई राम्रो लाग्ने कुराहरु मात्रै धेरै भन्ने गर्छन् भने बुझ्नुहोस् कि तपाईंको श्रीमानले तपाईंलाई माया गर्छन् ।

आफ्नो परिवारको पनि ख्याल राख्छन् भने – हरेक केटी मान्छे चाहन्छन् कि आफ्नो श्रीमान्ले परिवारको राम्रो ख्याल राखोस् । यदि तपाईंको श्रीमान्ले फुर्सदको समय परिवारको साथ बिताउँछ र तपाईंसँग राम्रो व्यवहारहरु गर्छन् भने बुझ्नुहोस् कि तपाईंको साथीले तपाईंलाई माया गर्छन् । पुरुषले माया गर्ने महिलाको जहिले पनि सम्मान गर्ने गर्छ भने सम्झनुस् तपाईंलाई श्रीमानले माया गर्छन् ।

तपाईंसँग समय बिताउँछन् भने – सामान्यतया केटाहरु किनमेल गर्न मन पराउँदैनन् । तर यदि तपाईँको श्रीमानले दैनिक सामान किनेर घरमा ल्याउँछन् भने सोच्नुहोस् तपाईंलाई उनले माया गर्छन् । यस्तो स्थितिमा तपाईंले पनि उनीहरुलाई राम्रो व्यवहार गर्नुपर्छ ।

तपाईंको प्रशंसा गर्छन् भने – महिलाहरु सधैं आफ्नो रूपको बारेमा चिन्तित हुन्छन् । तर यदि तपाईंंको पार्टनर तपाईंलाई माया गर्छन् भने उनीहरु तपाईंको देखावटी सुन्दरताको ख्याल गर्दैनन् । वास्तवमा उनीहरु भावनात्मक रूपमा तपाईंसँग जोडिएको हुनेछन् । यस्तो स्थितिमा तपाईं उनीहरुलाई कुनैपनि अवस्थामा सुन्दर देख्नेछन् ।

महत्वपूर्ण कुरा याद गर्नुहोस् – यो जरूरी छैन कि तपाईं्को साथीलाई याद छ जहाँ तपाईं पहिलो पटक भेट्नुभयो । तपाईंको जन्मदिनको बारेमा जानकारी छ या यस्तै महत्वपूर्ण दिनको बारेमा जानकारी छ भने सम्झनुहोस् कि तपाईंको साथीले तपाईंलाई एकदमै धेरै माया गर्छ । यसको मतलब यो हो कि तपाईं उनको जीवनमा धेरै महत्वपूर्ण हुनुहुन्छ । उनीहरुले विशेष दिनमा राम्रो उपहार पनि दिन सक्छन् ।

सपना पूरा गर्न प्रेरित गर्छन् भने – यदि तपाईंको पार्टनर तपाईंको आवश्यकतालाई बुझ्ने खालका छन् भने वा तपाईंको सपनालाई पूरा गर्नको लागि प्रेरित गर्ने खालका छन् भने बुझ्नु होस् कि तपाईं भाग्यशाली हुनुहुन्छ । तपाईंको श्रीमान्ले तपाईंलाई धेरै माया गर्छन् । यस्तो स्थितिमा उनीहरु तपाईंको हरेक विजयमा उत्सव मनाउने छन् । यस्तो केटामान्छे भेट्नु भयो भने बुझ्नुहोस् कि तपाईं एकदमै माया गर्ने श्रीमान् पाउनु भएको छ ।

साभार ः यादका टुक्रा