फिदिम । मंगलबार हेवा खोलमा खेल्न गएकी हिलिहाङ गाँउ पालिका ७ सल्लेरीकी ४ वर्षीय बालिका हेवा खोलाले बगाएर बेपत्ता भएकी छिन । साथीहरुसँग खेल्न हेवा खोला गएकी उनलाई भदौ २१ गते हेवा खोलाले बगाएको हो ।
खोलाले बगाँउदा बेपत्ता हुनेमा स्थानीय गजेन्द्र लिम्बूकी ४ वर्षीय छोरी आचल लिम्बू रहेको पाँचथर प्रहरीले जनाएको छ । उनको खोजीका लागि मगलबार बिहानैबाट प्रहरी नायव उपरिक्षक दानवहादुर थापाको कमाण्डमा गएका प्रहरीसँगै स्थानीयले खोजविन गरेपनि मंगलवार साँझसम्म फेला नपरेको बताइएको छ ।