पाँचथर । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा जिल्ला समन्वय समिति पाँचथरका एक सदस्य सहित ११ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । मंगलबारसम्म जिल्ला समन्वय समितिका एक सदस्य सहित ११ जना निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचन कार्यालय पाँचथरमा खनाखत गरेका हुन् ।
नेकपा एस रोज्नेहरुमा २०७४ ःसालमा भएकाे स्थानिय तहकाे निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टि एमालेबाट निर्बाचित एकजना जिल्ला समन्वय समिति सदस्य,२ जना वडाध्यक्ष र १ जना गाँउ कार्य पालिका सदस्य सहित ११ जना जनप्रतिनिधि छन ।समाजबादी रोज्नेहरुमा फालेलुङ १ का वडाध्यक्ष श्रीप्रसाद जवेगु, कुम्मायक २ का बालकृष्ण शेर्मा,फालेलुङ गाँउ कार्य पालिका सदस्य रेनुका आङबो र जिल्ला समन्वय समिति सदस्य सन्तोष सिन्चेउरी लगायत ७ जना वडा सदस्य छन् ।
जिल्लाको प्रदेश क बाट निर्वाचति सांसद गणेश काम्बाङले भने यसअघि नै नेकपा एस रोजिसकेका छन ।
पाँचथरका ८ वटा स्थानीय तहका ६० वडामध्ये नेकपा एमालेले ४ वटा गाँउपालिकामा अध्यक्ष,र पाँचवटा पालिकामा उपाध्यक्ष सहित २९ वडाध्यक्ष जितेको थियो । तत्कालिन एमालेमा माधब नेपाल समूहमा खुलेका फाल्गुनन्द गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्वाङ र याङवरक अध्यक्ष लेखनाथ घिमिरे सहितका अधिकांश जनप्रतिनिध एमालेमै खुलेका छन्।
पाँचथरको आठ स्थानिय तहमा ११ जनाले मात्र सनाखत गरेकाले एमाले विभाजनको खासै असर नपरेको एमाले जिल्ला नेताहरुले बताएका छन् ।