काठमाडौं । एक गोलको अग्रता जोगाउन नसक्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा भारतसँग बराबरी खेलेको छ । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । ५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।
भारतविरुद्ध नेपाल : पहिलो मैत्रीपूर्ण खेल बराबरी
भारतविरुद्ध नेपाल : पहिलो मैत्रीपूर्ण खेल बराबरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस