दिपक बोहोरा
फिदिम । रबि बजार अब पुरानो रबि बजार जस्तो रहेन । रबि बजारमा भेटिएका मिक्लाजुङ २ लसुनेका फैदबहादुर थापा मगरले सुनाए । रबि बजार सहर हुदँै गएको छ । पाँचथरको पुरानो ग्रामिण बजार अहिले सहर बन्ने क्रममा रहेको उनले सुनाए । मगर जस्तै अहिले रबि बजार पुग्ने मान्छेहरुले एक पटक सोच्न बाध्य हुन्छन् । २,४ वर्ष अगाडीको रबि बजार र अहिलेको रबि बजारमा धेरै परिवर्तन भई सकेको छ । पाँचथरको फिदिम पछाडीको ठुलो ब्यापारिक केन्द्र रबि बजार मिक्लाजुङ गाउँपालिकाको केन्द्र समेत हो । केहि वर्ष अगाडीसम्म सानो बजार, साना सफा काठका घरहरु भएको सम्झना जो कोहिले पुरानो रबि बजारलाई सम्झन सक्छन् । स्थानीयहरुको अनुसार एक दशक अगाडी घरहरू एकदमै कम थिए, व्यापार-व्यवसाय सिमित मात्रमा थिए । भएका ठुला ब्यापारिहरु रबि बजार छाडेर दमक तिर बसाइ सर्न थालिसकेका थिए । नयाँ ब्यापारिहरु नआउदा रबि बजार पनि बसाइ सराईको मारमा परेको स्थानियहरु बताउछन् ।
तर रबि बजार पहिलेको जस्तो गाउँ मात्र रहेन अब , सहर बन्ने क्रममा छ । मिक्लाजुङ गाउँपालिकाको केन्द्र बने पछि रबि बजार बजारबाट सहर बन्दै गएको छ । बसाई सरेर तराइ तिर पसेकाहरू रबि बजार फर्किन थालेको मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमर माखिमले बताए ।
पाँचथरको फिदिम पछाडीको ठुलो बजार भए पनि केहि वर्ष अगाडी सम्म बिद्युतीकरण नभएको रबि बजार दुई वर्ष अगाडीबाट केन्द्रीय प्रषारण लाइन पुगेको छ । अस्तब्यस्त रहने रबि बजारमा अहिले बजारबाट केहि पर पशु बजार निर्माण गरिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताए । पशु बजार संगै बधशाला पनि निर्माण गरिएको माखिले बताए । प्रदेश सरकारको सहयोगमा ५० लाख लागतमा पशु बजार निर्माण गरिएको माखिले बताए । स्थानियले निशुल्क जग्गा गाउँपालिकालाइ उपल्बध गराए पछि पशुबजार निर्माण गएिको हो । आँखा अस्पतालको लागी स्थानियले ६ रोपनी जग्गा गाउँपालिकालाई दिएकाछन् । अब आखाँ अस्पतालको निर्माण प्रकृया पनि अगाडी बढाउने तयारी भएको माखिले बताए । बजार नजिक ४ रोपनि जग्गामा डम्पीङ साइड पनि तयार गरिदै गरेको माखिम बताउछन् । चिडियाखानाको लागी १५ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरि सकेको र अब निकट भविष्यमा गाउँपालिकाले रबि बजारमा चिडियाखान पनि सञ्चालनको तयारी गरिरहेको माखिम बताउछन् । रबि बजारमा अहिले प्रदेश सरकारको सहयोगमा अतिथि सभागृह पनि निर्माण भइ रहेको छ । ४ रोपनि जग्गामा कृषि थोक बजार निर्माण गर्ने तयारी गाउँपालिकाले सुरु गरेको छ ।
रबि बजार भित्र अहिले सडक पिच भएको छ । प्रदेश नम्बर एक सरकाको सहयोगमा सडक र नाली बनाउने कार्य सम्पन्न भएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए । प्रदेश सरकारको ५ करोड ८० लाख लागतले बजार भित्रको २३००मिटर सडक पिच भई सकेको छ । पूर्वाधारको निर्माण संगै मिक्लाजुङ आसपासबाट तराइ तर्फ बसाइसर्ने दर घट्दै गएको स्थानियहरु बताउछन् । रबि बजारमा ब्यापार गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको स्थानिय ब्यापारिहरु बताउछन् । झापा,मोरङ तिरका ब्यापारिहरु पनि ब्यापारको लागी रबि बजारमा भित्र्न थालेको प्रमुख माखिमले बताए ।
रबि -राँके- भेडेटार सडक खण्ड निर्माणको चरणमा छ । बाटो निर्माणको कार्य धमाधम भइ रहेको छ । सो सडक पक्कि बन्ने भए संगै रबि र मिक्लाजुङ तिरका स्थानियहरु अब रबि बजार सहर बन्नेमा आशावादी रहेको स्थानिय पबिन सुब्बाले बताए । राँके बजार बाट १०० किलोमिटरको दुरिमा धनकुटाको भेडेटार रहेको छ । रबि-राँके-भेडेटार सडक खण्ड निर्माण भए पछि रबि बजारको सिधा सम्पर्क भेडेटार र धरान संग हुने हुदाँ यहाँका ब्यापारिहरु पनि आशावादी रहेको स्थानिय ब्यापारि जय राईले बताए । सदरमुकाम फिदिमबाट केहि टाढा रहे पनि झापाको दमक संग रबिको सिदा सम्र्पक हुने गरेको छ । रबिबजारबाट दमक फाल्गुनन्द मार्गबाट ४२ किलो मिटरको दुरीमा रहेको छ ।