पाँचथर ।पाँचथर जिल्लाका एक युवक लागू औषधसहित पक्राउ परेका छन्। पुस १८ गते विशेष सूचनाको आधारमा झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम नगरपालिका–१ निवासी संजय लिम्बुलाई पक्राउ गरेको हो।
उनको साथबाट ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको कोशी प्रहरी कार्यालय विराटनगरले जनाएको छ। लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




