पाँचथर । हिलीहाङ गाउँपालिका-७ का विशाल योक्पाङदेन धरानमा लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। धरान-८ अस्थायी प्रहरी चौकीले पुस १२ गते उनलाई र धरान-१० का इमन लिम्बुलाई ६ ग्राम ७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेकाहरुको अनुसन्धान जारी राखेको र लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ।




