पाँचथर ।रवि–राँके सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटना बिहीबार साँझ ५ बजे रवि–राँके सडकखण्डअन्तर्गत रवि माथि धोद्रे भन्ने स्थानमा भएको हो।
सप्तमी बजारबाट रवितर्फ जाँदै गरेको बा ९९ प ८८०१ नम्बरको क्रसफायर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३३ वर्षका सुवास सारु मगरलाई उपचारका लागि आधारभूत अस्पताल रवि लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक सुवास सारु मगर फाकफोकथुम गाउँपालिका–४ का निवासी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रविका प्रहरि निरिक्षक दुर्गा बहादुर राईले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अर्का व्यक्ति काशीनाथ मगरको अवस्था सामान्य रहेको छ।




