पाँचथर । फिदिम नगरपालिका–४ हेंवा खोलानजिक टाँकीको रुखबाट लडेर ८० वर्षीय चुडामणि थापाको मृत्यु भएको छ। घाँस झार्ने क्रममा रुखबाट लडेर थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
शनिबार मध्याह्न घाँस काट्न निस्किएका थापा साँझसम्म घर नफर्केपछि परिवारले खोजतलास थालेका थिए। खोजतलासका क्रममा रुखमुनी लडेको अवस्थामा मृत भेटिएका थापाबारे आफन्तले प्रहरीलाई जानकारी गराएपछि टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमै प्रारम्भिक अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र पोष्टमार्टमपछि आइतबार अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।




