पहिलो पल्ट स्तनपान गराउदा रुपा सेलिङ लाई दुख्यो र उनले बच्चालाइ दूध चुसाउन डराइन, दूध नचुसाउदा स्तन भारी भयो र उनलाइ ज्वोरो समेत आयो तर स्वास्थकर्मिले स्तनपान गराउन सिकाए पछि,शिशुको लागि दूध अत्यावश्यक भएको भनेपछी ७ दिनकी सुत्केरी पाँचथर ओयामकी २३ बर्षिय रुपा सेलिङलाई अहिले बिस्तारै सजिलो हुँदै गरेको अनुभव छ। फिदिम १ कि सरिताले भनिन मेरो शिशुलाइ ६ महिना पूरा नहुन्जेल आफनै दूध मात्र खुवाए ६ महिना पूरा भए पछि मात्र अन्य खानेकुरा खुवाउन थालेको उनले सुनाइन। प्रत्येक वर्ष अंग्रेजी महिनाको अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ। आज छैटौ दिन यो सप्ताहको मुख्य उद्देश्य स्तनपान र यसको महत्वका बारेमा जनचेतना फैलाउनु, वकालत गर्नु र प्रभावकारी ढंगले आमाहरुको स्तनपान गर्ने बानी-व्यवहारमा परिवर्तन ल्याउनु हो। पाँचथर जिल्ला अस्पतालमा पनि अघिल्ला बर्षहरुमा स्तनपान गराइरहेका महिलालाई भेला गरेर स्तनपानको महत्व त्यस्को फाइदाका बारेमा र स्वस्थ बच्चा छनोट गरि पुरस्कार समेर दिने कार्यक्रम हुनेगरेको मातृशिशु स्वास्थ क्लिनिककी अनमी रिता ओझाले जानकारी गराएकी छिन। उनले भनिन यस वर्ष कोरोना महामारीले औपचारिक कार्यक्रम गएनौ।पाँचथर जिल्ला अस्पतालमा मात्र होइन अन्यत पनि औपचारिक कार्यक्रमहरु भएनन । स्वास्थ तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाईटमा विभिन्न उपयोगी मुलक सुचना भने दिइरहेको छ। यस बर्षको नारा आफैमा जिम्मेवारीपुर्ण छ।
हामी सबैको साझा जिम्मेवारी
स्तनपान संरक्षण हुन्छ प्रभावकारी ।
यो नाराबाट नै प्रष्ट हुन्छ, स्तनपानको महत्वको दायरा कति फराकिलो गर्नु पर्छ भनेर। स्तनपान बालबलिकाको मृत्युदर कम गर्ने सबै प्रतिकारात्मक उपायमध्ये पूर्ण स्तनपान एकमात्र सबैभन्दा प्रभावकारी उपाय भएको अध्ययनहरुले देखाएका छन्।
स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । जसको मुल दुई वटा मापदण्ड छन एक प्रारम्भिक स्तनपान जसमा शिशु जन्मेको एक घण्टा भित्र दूध चुसाउन शुरुगर्नु र अर्को पुर्ण स्तनपान जसमा शिशु जन्मेदेखी ६ महिना सम्मा दूध मात्र खुवाउनु नै पुर्ण स्तनपान हो। गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ । स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् ।
स्तनपानलाई बच्चाको स्वास्थ र पोषण संग मात्र नभएर स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ । आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जाने बालरोग विशेषज्ञ डाक्टर कल्पना उपाध्याय सुवेदि बताउनु हुन्छ।
आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमामा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने बिभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जिवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन्, शरिरले ति विशेष रोगाणुको बिरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँदछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।
बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुरुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना अधिक रहन्छ । उनीहरुमा अपेक्षाकृत बुद्धि विकास समेत नहुने हुन्छ ।
यदि बच्चा महिना नपुगि जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवनरक्षक आहार पनि हो ।
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइएपनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ ।
नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुश हुन्छ ।
त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।
आमाको दूध अमृत समान भनाइ बाट नै यस्को फाइदा कति हुन्छ आकलन गर्न सकिन्छ।आमाको दूध पोषणका लागिमात्र नभएर यसले आमा र बच्चाहरूको स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिनासम्म स्तनपानमात्र गराउनु पर्दछ ।
आमाको दूध सुपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन । आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्दछ । त्यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्दछ ।
स्तनपानले दम र कानको रोग शरिरमा लाग्नबाट जोगाउँछ । केही शिशुलाई गाईको दूधले एलर्जी हुनसक्ने संभावना रहन्छ तर आमाको दूध खानु शतप्रतिशत सुरक्षित छ ।
नियमित र निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई पछि अन्न खुवाउँदा पनि असुहाउँदो र अस्वाभाविक रुपमा मोटो हुँदैनन् । स्तनपान गर्ने शिशुहरुमा शुरूदेखि नै आवश्यकताभन्दा अधिक खाने बानी नपर्ने हुँदा उनीहरुमा अस्वाभाविक रुपमा मोटोपना नदेखिने बिभिन्न अध्ययनहरुले देखाएका छन् ।
निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई जीवनका पछिल्लो चरणहरूमा पनि रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको खतरा तुलनात्मक रुपमा निकै कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता समेत बृद्धि हुन्छ ।
स्तनपान गराउने आमा र शिशुको बीच भावनात्मक सम्बन्ध धेरै बलियो हुन्छ । यसका अलावा आमाको दूधमा धेरै प्रकारका प्राकृतिक रसायनहरु पनि रहेका हुन्छन् जसले शिशुको शारिरीक तथा मानसिक बिकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। बच्चा जन्मी सकेपछी बच्चाको पहिलो अधिकार नै उस्को स्तनपान भएको नर्सिङ तथा समाजिक सुरक्षा महाशाखाकि निर्देशक रोशनी लक्ष्मी तुइतुइ बताउनु हुन्छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएकी आमाले पनि स्तन पान गराउन हुने सुचना प्राशारित गरेको छ।यदि स्तनपान गराइरहेकी आमामा कोभिड १९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्य को मापदण्ड अपनाएर स्तनपानलाइ निरन्तरता दिनु पर्दछ।
कोभिड-१९ महामारिका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने?
– शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तिमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहल युक्त स्यानेटाइजर प्रयोग गर्ने।
-आमाले स्तनपान गराउदा वा शिशुको सम्पर्कमा आउदा मास्क लगाउने
-आमाले खोक्दा हाच्छयु गर्दा कपडा वा टिस्यु पेपरले नाक,मुख छोप्ने,तुरुन्त साबुन पानीले हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाइ स्तनपान गराउने।
-यदि स्तनपान गराइरहेकी आमाको अवस्था गम्भीर छ भने शिशु संगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दूध निचोरेर सफा भाडामा राखेर खुवाउने।
स्तनपानलाइ प्रोत्साहन गर्न विश्वका विभिन्न देशहरूले प्रोत्साहन का लागि। विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान सप्ताहको रूपमा घोषणा गरेको छ भने चीनले स्तनपानलाई शिशुको महत्वपूर्ण अधिकारका रुपमा सुरक्षित गरेको छ र बट्टाको दूध शिशुलाई खुवाउन पूर्णरुपमा कानूनी प्रतिवन्ध लगाएको छ, जुन आफैमा प्रशंसनीय र अनुकणीय कदम हो ।