झापा । झापाका एक स्वास्थ्य प्रमसखले बदमास गरेको पाइएको छ । कोरोना खोपको अभियान चलीरहेको बेला ति प्रमुखले होटलमा खोप लुकाएर आफन्तहरुलाई लगाइ दनिे गरेको खुलेको हो ।
बिर्तामोडका एक स्वास्थ्य प्रमुखले आफ्ना आफ्न्तहरुलाइ होटलमा लुकार कोरोनाको खोप लगाएको खुलेको छ । सबै नागरीकलाइ खोप लगाउनु पर्देने भए पनि अहिले सरकारले सबै नागरीकलाई खोप लगाउन सकेको छैन् । देशभर कोरोनाविरुद्धको खोप अभियान चलिरहेका बेला सरकारी निकायले गरेका लापरबाही एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले आफन्तलाई लगाइदिन भन्दै खोप नै बोकेर हिँडेको समाचार सेलाउन नपाउँदै झापाको बिर्तामोडमा स्वास्थ्यकर्मीको अर्को बदमासी भेटिएको छ।
सर्वसाधारण नागरिकले एक डोज खोपका भौतारिनु परिरहेका बेला झापाको बिर्तामोडस्थित एक होटलमा लुकाएर राखिएको अवस्थामा कोरोनाविरुद्धको १ सय भायल खोप बरामद भएको हो। उक्त खोप नातेदार र आफन्तलाई लगाउँदै गरेको अवस्थामा त्यहाँस्थित स्वास्थ्य प्रमुख नै पक्राउ परेका छन्।बिर्तामोड नगरपालिका-१ स्थित होटल टायम लेसमा लुकाएको १०० भायल खोपसहित बिर्तामोड नगरपालिकाको कार्यालयका जनस्वास्थ्य प्रमुख ओम खड्का पक्राउ परेका हुन्। उनलाई सत्तारूढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेकार्यकर्ताको समूहले समातेका हुन्। होटलबाट बरामद खोप प्रतिभायल दुई डोज रहेको खुलेको छ।
उनले केही दिनयता त्यही होटलमा नातेदार र अन्य नजिकका मानिसहरुलाई बोलाएर खोप लगाउने गरेको सूचना दलका कार्यकर्ताले पाएका थिए। त्यसपछि उनलाई माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार अपरान्ह ४ बजे उक्त परिमाणको खोपसहित नियन्त्रणमा लिएका हुन्। खड्काले होटेलको एउटा कोठाको दराजमा उक्त खोप लुकाएको भेटिएको छ। दलका कार्यकर्ताले थाहा पाएपछि खड्काले सरकाले सिलबन्दी गरेकोव कार्टुन फुटाएर त्यहाँबाट पनि खोप अन्यत्र लुकाएको खुलेको छ।
होटलकै कर्मचारीको मिलेमतोमा खोप लुकाएको पाइएपछि दलका कार्यकर्ता आक्रोशित भएका थिए। दराजबाट झिकेर होटेलको रिसेप्सनमा राखिएको टेबलमा लुकाइएको अवस्थामा खोप भेटिएको थियो।
तर उता खड्काले कोरोनाका कारण आफू होटेलमा नै क्वारेन्टाइनमा बसेको हुनाले खोप पनि ल्याएको जिकिर गरेका छन्। तर होटलको दर्ता विवरणमा उनी शुक्रबार मात्रै त्यहाँ पुगेको भेटिएको छ। तर उनी दिन बिराउँदै त्यो होटलमा बसिरहेको खुलेको छ।
औषधिसहितका अन्य स्वास्थ्य सामाग्रीका व्यापारीसमेत रहेका खड्काले कोरोना संक्रमण सुरू भएयता भ्रष्टाचार गरेको आरोप पनि लागेको छ। उनले आफ्नै फर्मका लाखौं मूल्यका सामाग्री नियमविपरीत नगरपालिकाको नाममा खरिद गराएको पनि बताइएको छ।
यता झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले प्रहरीले खोप बरामद गरिसकेको बताउँदै थप छानबिन भइरहेको उल्लेख गरेका छन्। दलका कार्यकर्ताले समातेका खड्कालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।