पाँचथर,असार २७। झापाको दक्षिणी भेगमा पर्ने झापा गाउँपालिकाबाट उत्पादन गरिएको झापाली केराले बिर्तामोडमा आफ्नो पहिलो डिलरको सुरुवात गरेको छ।एग्री सेन्टर झापा प्रालीले बिर्तामोडको कृषि थोक बजारमा रहेको सुवेदी फलफूल पसललाई डिलर प्रदान गरेको हो।
इजरायली प्रविधीबाट व्यवसाहिक केरा खेतीको सुरुवात गरेका झापा-३ निवासी चन्द्र प्रसाद बस्नेतले एग्री सेन्टर झापा प्रालीले विशुद्द अर्गानिक केरा उत्पादन गर्ने गरेको दावी गरे।’हामीले उपभोक्ताको मागलाई ध्यानमा राख्दै बिर्तामोडको सुवेदी फलफूल पसललाई डिलर प्रदान गरेका हौ उनले भने।’पसललाई कम्पनीले उत्पादन गरेको मालभोग र उलियम जातको केराको डिलर दिएको बस्नेतले बताए।
यता एग्री सेन्टरले उत्पादन गरेको केरामा उपभोक्ताको रुचि बढेर माग बढ्दै गएको डिलर संचालक टिकामाया सुवेदीले बताइन।
बिगत एक वर्ष देखि इजरायली प्रविधीबाट व्यवसायीक केरा खेतीको सुरुवात गरेको एग्री सेन्टर प्रालीले उलियम,भुटानी मालभोग,कुरकुटे लगायत जातका केरा उत्पादन गर्नुका साथै केराका बेर्ना समेत उत्पादन गर्ने गरेको संचालक बस्नेतले बताए।’हामीले केरा उत्पादन गर्नुका साथै केरा खेती बिस्तार समेत गरिरहेका छौ,उपभोक्ताको स्वास्थ्य हाम्रो प्रमुख एजेन्डा हो,हाम्रो भावी योजना भनेको यस पालिकालाई केरा पकेट क्षेत्र हुँदै केरा जोन बनाउने उदेश्य छ बस्नेतले भने।’