असारको दोश्रो साता पाँचथरको फिदिम नगरपालीका–४ तिरतिरेका चुडामणि बाँस्कोटा बाँसबाट किताव राख्ने र्याक बनाउदै थिए । झरी केहि रोकिएपनि उनी घरको सिकुवामा बाँसको कामलाई निरन्तरता दिईरहेका थिए ।
फर्निचर लगायतका बाँसका सामाग्रीमा उनको परिचय स्थापित भएको छ । बाँसका सामाग्री बनाएरै परिवार पालेका छन् । कोरोनाको प्रकोपका कारण निशेधाज्ञाको समयमा पनि बाँसबाट विभिन्न सामाग्री बनाउने काममा सक्रिय छन् ।
गर्दा के नै पो हुदैन न र? मनबाट केही गर्छु भन्ने अठोट पो हुनुपर्छ भन्ने भनाईलाई पुष्टि गर्ने एउटा उदाहरण हुन उनी । २०६२ सालमा बैदेशिक रोजगारीका क्रममा उनलाई दशा लाग्यो । कामगर्ने कम्पनी ब्लाष्ट भयो । उपचारको क्रममा देब्रे हत्केला काटनु पर्ने भयो । यस्तो दुर्घटनापछि घर फर्किएका उनको संघर्षका दिन सुरु भए ।
बाँसबाट फर्निचर बनाउन चाहान्थे । तर कसैले विश्वास गरेनन । उनी घरलु तथा साना उद्योगकको कार्यालय पुगे, तालीम माग्न्, अह पाएनन् । उनको हात हेरेर “दुइहात हुने ले त गर्न गारो छ तिम्रो त एउटा मात्र हात छ, यो सीप तिमिलाइ सिक्न धेरै गार्हो हुन्छ भन्ने जवफ पाए । विभिन्न ठाँउमा तालीम माग्ने क्रममा नपाएपछि निरास भएनन् बरु आफै सिक्न थाले । उनले केहि दिन मेहनत गरे । पहिलो पल्ट बाँसको एउटा हेङ्गर बनाएर १६० रुपैयामा बेच्दा धेरै खुसि भएको उनको भनाई छ ।
१०० किसिमका बासका समाग्री बनाउने गर्छन् । बिशेषगरी ३० किसिमका सामाग्रीको बजारमा माग रहेको बताए । ,दराज,पलङ पनि बनिन्छ तर त्यस्को बजार नभएको बताउँछन् । टेवल, जुत्ता र्याक , किताब र्याक, सोफा सेट,लुगा राख्ने हेम्गर, कुर्सी, खानाखाने टेवल,जस्ता सामाग्री बढी मात्रामा बिक्रि हुने गरेको बाँस्कोटा बताउँछन् । बाँसबाट सजावटका समाग्री पनि बताउँछन् । २०६९ सालमा भएको प्रर्दशनिमा उनले बनाएको सामाग्रीले पूर्वाञ्चलमा दोश्रो स्थान हासिल गरेपछि पछि थप हौसला दियौँ उनलाई । फेरी २०७२ सालमा काठमाडौमा तेस्रो समेत भएका थिए ।
बाँसको काममा दुख छ त्यो माथी एउटा मात्र हातले काम गर्दा गार्हो नै हुन्छ तर यसबाट खुशी मिलेको छ धेरै जनाले एउटा मात्र हात ले गरेको भन्दा पत्याउदैनन। त्यही कारण पुर्वाचल दोस्रो हुदा एकजनाले केस हालेको तितो यथार्थ पनि सुनाउछन ।
बाँसका फर्निचर बनाउन उनी निरन्तर लागिरहेका छन । हातका कारण तालिम नपाएका उनले अहिल गाँउ गाँउमा सिप सिकाइरहेका छन् । अहिले सम्म घरेलु बिकास समिती, गैरसरकारी संस्था ,सहकारी लगायतको तालिममा विभिन्न ७३ स्थानमा तालिम दिएको उनले सुनाए । उनका अनुसार करिव तीन हजारलाई तालिम दिएका छन् ।
घण्टाको एक सय रुपैँया हुने उनले सुनाए । अहिले बजार विस्तार भएको छ । फिदिमबाट इलामहुदै विराटनगरसम्म पु¥याएको बताउँछन् । कोरोनाको असर उनलाई पनि परेको छ । भन्छन “अहिले त पार्टटाइम मात्र गदै छु । बनेका सामान गोदामै मै थन्किएका छन् । बल्ल बल्ल २/३ वटा समान मात्र बेचेको छु ।
हेर्नेलाइ बाँसको सामाग्री बनाउन सजिलो देखिएता पनि एउटा हातको भरमा काम गर्न त्यति सजिलो छैन । राम्रो बाँस ,टुप्पो भएको र असोज देखि माग सम्मको बाँस भेटिएमा १०/१२ बर्ष सम्म बाँसका सामाग्रीको आयु हुन्छ । यस किसिमको बाँस खोज्न उनी सुभाङ,साम्दिन,नागिन,यासोकबाट ल्याउने बताउँछन् ।