पाँचथरमा कोरोना संक्रमणको चेन बेक गर्ने भन्दै निशेधाज्ञा गरिएको ५५ दिन पुगेको छ । निशेधाज्ञा भएको ५५ दिन पुग्दा पनि कोरोना संक्रमणको चेन बेक्र हुन सकेको छैन् । निशेधाज्ञामा चेनब्रेक हुनको सट्टा पाँचथरमा कोरोना सङ्क्रमण दर डर लाग्दाे अवस्थामा पुगेको छ ।
देशका बिभिन्न स्थानहरु दोश्रो लहर नियन्त्रण भइ सकेको अवस्थामा पाँचथरमा भने लामो निशेधाज्ञाको बाबजुत पनि कोरोना संक्रमणको चेन बेक्र हुन नससकेको हो ।
पाँचथरमा हालसम्म कूल दुई हजार १७७ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ७५४ जना निको भएका छन् । कोभिड एचडीयू मा हाल १४ जना उपचाररत छन् । यस्तै हालसम्म जिल्ला उपचार सम्भव नभएका २६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
मङ्गलबार मात्र पाँचथरमा ५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १३७ जनाको एण्टिजेन परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । मंगलबार ८२ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भएको छ ।
सोमवार पाँचथरमा ८८ जनामा एण्टिजेन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै असार १३ गते आइतवार ९४ जनामा गरिएको एण्टिजेन परीक्षणमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
शनिवार २८ जनामा एण्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
निशेधाज्ञा प्रभावकारी नभएको गुनासो
निशेधाज्ञा गरिएको ५५ दिन मा पनि कोरोना संक्रमण नघट्नुमा निशेधाज्ञा प्रभावकारी नभएको स्थानियहरले बताउन थालेका छन् । मानिसहरुको लापरबाहीले गर्दा कोरोना संक्रमण दर घट्न नसकेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्षकश रहेको छ । स्थानियहरु भने निशेधाज्ञा प्रभावकारी नभएको बताउछन् । पुणर् निशेधाज्ञा नहुनजेल कोरोना संक्रमणको चेनब्रेक हुन नसक्ने फिदिम बजारका स्थानिय सुमन लामा बताउछन् । पछिल्लो समय पाँचथरमा निशेधाज्ञा खुकुल्लो भएको छ । होटल, पार्टी प्यालेस , स्वीमिङ्ग पुल , सपिङ्गमल , मनोरञ्जनस्थल , पार्क , सैलुन , ब्युटीपार्लर , जिम खाना र समूहमा खेलिने खेलकुदहरु , पुस्तकालय , संग्रालय आदि बाहेकका अन्य सबै पसल तथा व्यवसायहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि खोल्न पाइने भएको छ । यि पसलहरु हरेक दिन बिहान ५ः०० बजे बाट दिनको १०ः०० बजे सम्म खोल्न पाइने निणर्य भएको हो ।
कृषि तथा वनजन्य वस्तुहरूको ढुवानी समेत खुल्ला भएको छ । उक्त वस्तुहरु संग सम्बन्धित उद्योगहरु समेत स्वास्थ्य मापदण्ड पालना गरेर गर्ने भनिएकाे छ । सार्वजर्निक यातायात पुणर्रुप बन्द रहनेछ ।
होटल तथा साना ब्यापारीहरु समस्यामा
लगातार भइ रहेको निशेधाज्ञाको कारण होटलहरु र साना सटरवाला पसलहरु समस्यामा पर्न थालेको फिदिममा रहेका साना व्यवसायिहरुले बताउन थालेका छन् । ५५ औं दिन देखि जारी निशेधाज्ञामा पनि सटरको भाडा, बैंकको ब्याज तिर्नु पर्ने हुँदा समस्यामा परेको व्यवसायिहरु बताउछन् ।