बैंकको प्रक्रिया भन्दा वाहीरवाट रकमको ओसार पसार गर्नु नै सामान्य अर्थमा हुण्डी हो । देश भित्रनै गरिने रकमको यस्तो ओसार पसार कार्य समान्य भएपनि दुई देश बीचको यस्तो कारोवारमा भने बिदेशी मुद्राको अपचलन हुने हँुदा कसुरको रुपमा लिइन्छ । यसमा सोझै विदेशबाट रकम मगाउदा र पठाउदा देखिने गरी बैंकको प्रयोग हँुदैन र विदेशबाट रकम आउदा र नेपालबाट विदेशमा रकम पठाउदा यथार्थमा विेदेशि मुद्रामा कारोवार भएपनि नेपाली रुपैयांमा नै नेपाल भित्रै कारोबार भएको देखिन्छ । यसरी हेर्दा एक देशबाट अर्को देशमा घरायसी किसिमबाट वा हाम्रो परम्परागत तरिकाबाट पैसा वा रकम पठाउने र ल्याउने कार्यलाई हुण्डी भनेर बुझ्नु उपयुक्त हुन्छ ।
बर्तमान विश्वमा विदेशि मुद्रा हरेक राज्यका लागी अनिवार्य आवस्यक्ता हो । अन्तराष्टिय व्यापारमा निकाशी भन्दा पैठारीको हिस्सा अधिक भएको र आन्तरिक अर्थतन्त्र आत्मनिर्भर वन्न नसकेको नेपाल जस्तो मुलुकका लागी त झन यसको महत्व अधिक छ । आगामी दिनमा त मmन विश्वब्यापी कोरोना महामारीको प्रभावले नेपालवाट वेदेशिक रोजगारीमा गएका नेपालीहरु फर्कने र होटल लगायतका विदेशि मुद्राको श्रोत मानिने पर्यटन ब्यवसाय धरासयी वन्ने अवस्था देखिएकोले यी क्षेत्रबाट सिमित रुपमा आउने रकम वा विदेशि मुद्रा समेत बैधानिक बाटोबाट नआइ हुण्डीबाट आउन प्रोत्साहन पाएमा समग्र राष्टिय अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ? त्यसैले आज यसै विषयमा केन्द्रित रहेर चर्चा गर्ने जमर्को गर्दछु ।
कसरी हुन्छ नेपालमा हुण्डीको कारेवार ?
यस्तो रकम बिदेशमा पठाउन र ल्याउन नेपाल भित्रका बैंकहरुकोनै प्रयोग भएको हुन्छ । तर प्रयोजन, कारण र हुण्डी हा,े होइन बैंकहरुलाई थाहा हुँदैन । हालमा बढी मात्रामा यस्ता कार्यमा सहकारी संस्थाहरु प्रयोग हुन थालेको पाइन्छ । जेहोस हुण्डीको भुक्तानी र हुण्डी गर्नुपनेै रकम नेपाली रुपैयांमा नै नेपाल भित्रनै कारोवार भै त्यस्तो रकम बैंक वा सहकारीमै जम्मा गर्नुपर्ने हुँदा चेक वा रकम जुनसुकै रुपमा भएपनि यहाँका बैंक वा सहकारीको प्रयोग गरिएको हुन्छ । यस्तो अवस्थामा त्यस्ता निकायहरुलाई हुण्डी हो होइन भन्ने थाहा नभएको भने हुनसक्दछ । यसमा भुक्तानी दिने रकम कुृनै रुपमा बैंक वा सहकारीबाटै निकालिन्छ र बैंक वा सहकारीमै नेपाली रुपैयामै जम्मा भएको हुन्छ । यसरी नेपालकै बैक वा सहकारीको प्रयोग गरेर हुने हुण्डीको कारोवार गर्ने तरिका थाहा पाउन केही उदाहरण हेरौ ।
# कोरीयामा काम गर्ने कुनै कामदारले नेपालमा आफन्तलाई पैसा पठाईदिएको फोन गर्छ र कुनै सम्पर्क नम्बर वा कोड दिन्छ । त्यसको केही क्षणमानै उक्त सम्पर्क नम्बर वा कोडबाट यहा नेपालमा नेपाली रुपैयाँमा नै भुक्तानी प्राप्त हुन्छ । भुक्तानी नगद,,चेक वा बैंक खातामा वा सहकारी मार्फत जे पनि हुन सक्छ ।
# अष्टेलियामा पढ्ने विद्यार्र्र्र्थीलाई रकम पठाउन अभिभावकले यहाँ कुनै मान्छेसँग सम्पर्क गरी रकम हस्तान्तरण गर्छ । त्यसको केहीक्षणमै उहा स्थानीय मुद्रामा रकम भुक्तानी हुन्छ ।
# हङ्ककङ्गमा बसाई सरेको पूर्व लाउरेले घर बेचेको पैसा नेपालमा कसैलाई भुक्तानी गर्नासाथ हङ्ककङ्गको बैंक खातामा स्थानीय डलरमा जम्मा भएको पाउँछ ।
# मलेसियामा काम गर्ने कर्मचारीले आफुले भुक्तानी लिनु पर्ने तलब भुक्तानी लिनु पर्ने समय आउन नपाउदै यहाँ अर्कै व्यक्तिले नेपाली मुद्रामा घरमै भुक्तानी गरिदिन्छ ।
# हुण्डीको नेपालमा कारोवार गर्ने एक दुई वटा उदाहरण मात्र हुन । यस्ता धेरै प्रक्रिया र माध्यमबाट हुण्डीको कारोबार हुन्छ । हुण्डकिो कारोवार गर्न एउटै समूह वा सम्पर्क कायम भएका ब्यक्त्तीहरु नेपाल र विदेशमा बसेका हुन्छन् । यसमा आधुनिक सूचना प्रविधिको प्रयोग गरीन्छ । प्राय हाल हुण्डी कार्यमा मोबाइलबाट प्रयोग गरिने भाईबर, म्यासेन्जर, वाट्सएप, वीच्याट जस्ता प्रविधिहरु प्रयोग गरी एक देशबाट अर्को देशमा भएको व्यक्तिलाई आदेश गर्ने र त्यही आदेश बमोजीम अर्को व्यक्तिले आफ्नो खाताबाट रकम निकालेर ग्राहकलाई भुक्तानी दिने वा ग्राहकको बैंकखातामा जम्मा गर्ने कार्य गर्दछन् । यसरी व्यक्ति व्यक्तिको सम्पर्कबाट नेपाली मुद्रा नै प्रयोग गरि हुण्डी कारोबार संचालन गरिन्छ ।
हुण्डीका केही तरिकाहरु
हुण्डी कार्यलाइ सहयोग पुर्याउने अन्य तरिका र प्रक्रिया पनि छन । भन्सारमा हुने न्यून विजकीकरण हामी सबैलाइ थाहानै छ । यो पनि पैठारी भएर आउने सामानमा राजस्व कमि हुन नदिन मात्र हामी ध्यान दिने गछौ । हामीले ध्यान नदिने विदेशमा गरिने निकासीहरुमा न्यून विजकीकरण गर्दा त्यसको भुक्तानी वापत देशमा आउनुपर्ने रकम कम आउने र न्यून मुल्य बरावरको विदेशी मुद्रा केही विदेशमै रहने हुन्छ । त्यस्तै आवश्यक वा यथार्थ भन्दा बढी मुल्यांकन गरेर निकासी गर्दा पनि विदेशको गैरकानूनी आर्जनलाई बैद्यबाटोबाट नेपाल भित्र्याएर सम्पती सुद्धीकरण गर्न वा हुण्डी गरेर नेपालमा भित्राउनु पर्ने रकम भित्राउन सकिन्छ । त्यस्तै भन्सार महसुल कम लाग्ने वा लाग्दै नलाग्ने सामानमा धेरै मुल्यांकन (अधिक विजकीकरण) गरी नेपालमा पैठारी गर्दा बैद्यबाटोबाट विदेशमा रकम पठाउन पाइने भै हुण्डीको रकम बिदेश पठाउने कार्य हुन्छ । अर्कोै सरकारी संस्थानहरुले पैठारी गर्ने सामानमा अधिक विजकीकरण गरी बढी रकम बिदेश पठाएर विदेशबाट कमिशन आदि लिने समेत गरिन्छ । यसरी विभिन्न प्रक्रियाबाट नेपालबाट विदेशमा रकम पठाउने र विदेशबाट नेपालमा रकम भित्र्याइने गरिन्छ ।
यस कार्यमा कतिपय अवस्थामा “मनि ट्रान्सफर” गर्न अनुमति पाएका बैंक र “मनि ट्रान्सफर” कम्पनीहरुको सहयोगमा पनि हुण्डी भएको देखिन्छ । यस्ता कम्पनीहरुले आफ्ना एजेन्टहरुलाई “मनि ट्रान्सफर” कार्यका लागी विभिन्न संकेत नम्वर वा “पिनकोड” हरु दिने गर्दछन् । यस्ता पीनकोडहरु राष्ट्रिय कारोबार र अन्तराष्ट्रिय कारोबारका लागी अलग अलग हुन्छन् । यस्ता कम्पनीका एजेन्ट वा प्रतिनिधिहरुले पाएका पीनकोड दुरुपयोग गरेर पनि हुण्डी संचालन भएको हुन्छ,। जुन सामान्य निगरानीमा पत्ता लगाउन सकिन्छ तर त्यस्ता कम्पनीहरुले यसतर्फ त्यती चासो दिएको देखिदैन । यसमा विदेशको कुनै आफन्त वा सम्पर्कमा रहेको ब्याक्तीलाई आन्तरिक कारोबार गर्ने पीनकोड दिएमा उसले विदेशबाट नेपालमा पठाएको रकम नेपालकै एक भूभागबाट अर्को ठाउँ गएको वा आन्तरिक कारोबार भएको देखाउदछ । यसबाट विदेशमा संकलन गरेको विदेशी मुद्रा अपचलन भै नेपालको सरकारी खातामा नआइ हुण्डीमा प्रयोग हुन्छ ।
हुण्डीको प्रभाव
सुन र अन्य महत्वपुर्ण बस्तुहरु चोरी पैठारी भएर नेपाल आइरहेको कुरा सार्वजनिक छ । त्यस्तै विभिन्न समयमा अबैध हतियार र लागु औषधहरु पनि बरामद भएकाछन् । खुला सिमानाबाट भएका चोरी तस्करीका कथा सबैलाइ थाहा छ । मानव बेचबिखन ,अपहरण र फिरौती असुलीका घटना समेत वारम्बार आइरहेकै छन । यस्ता अवैद्य कारोबारसँगै बैद्य कारोबारमा पनि भन्सारबाट न्यून विजकीकरणमा सामान भित्रीरहेको र त्यसबाट यथार्थ राजस्व प्राप्त नभएको कुरा चर्चाको बिषय हुदै हो । अनि नेपालबाट पुंजी पलायन भएर विदेश जाने, विदेशी कामदारहरुले विदेशमा गरेको आर्जन पनि बैधानिक बाटोबाट नेपाल नआउने र विदेशी मुद्राको सरकारी खाता (विप्रेषण खाता) घाटामा रहेको कुरा हामी सुन्दछौ । आखिर यो कसरी हुन्छ ?
तस्करीका सुन देखि अवैद्य हातहतियार र लागु पदार्थको मुल्यको भुक्तानी विदेशमा कसरी गरिन्छ ? नेपालका उद्योग व्यापारहरु सदैब घाटामा जाने तर तिनै औद्योगिक घरानाका विदेशमा ठुला उद्योग वा कम्पनी संचालनमा रहने यो कसरी संभव छ ? व्यवसायीहरुले पैठारी र निकासीमा गर्ने न्यून विजकीकरण , भ्रस्टाचार र कमिशनका लागि सरकारी संस्थानहरुले गर्ने अधिक विजकीकरणको भुक्तानी र हिसाब मिलान कसरी हुन्छ ? प्राकृतिक श्रोतसाधनहरु (जंगल, जडिबुटी,गिट्टी ढुंगा,वालुवा आदी ) को तस्करी र अबैध कारोवारको भुक्तानी कसरी प्राप्त हुन्छ ? विदेशी कामदारले पैसा पठाएको फोन गर्न नपाउँदै घरमै नगदमा भुक्तानी प्राप्त हुने रकमको विदेशी मुद्रा सरकारी खातामा किन आउँदैन ? यी तमाम र सबै प्रश्नहरुको जवाफ एउटै छ – यी सवैे कारोबार हुण्डीको माध्यमवाट मात्रै संभव छ । तसर्थ यस्ता गतिबिधिहरुको बढोत्तरी संगै नेपालमा अवैध हुण्डीको कारोवारबाट बैधानिक अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको कुरा नकार्न सकिदैन ।
हुण्डीमा विदेशबाट नेपाल आउनु पर्ने रकम नेपाल आएको र नेपालबाट विदेश जानुपर्ने रकम पनि विदेश गएको हुनसक्छ । तर यी सबै कारोबार राष्ट्रिय तथ्यांक वा राज्यको जानकारी भन्दा बाहीर हुन्छ । राज्यलाई प्राप्त हुनु पर्ने विदेशी मुद्रा प्राप्त नभई छायाँ अर्थतन्त्र वा गलत क्रियाकलापमा प्रयोग हुन्छ । यसबाट अवैद्य गतिविधि, आर्थिक अपराध र अन्य अपराधिक गतिविधिहरुले प्रोत्साहन पाउछन् । तस्करी भएर आउने मालवस्तु ,सुन, हातहतियार , लागुपदार्थ आदीको भुक्तानी विदेशमा यही हुण्डीको माध्यमबाट हुन्छ । देशलाई प्राप्त हुनुपर्ने यथार्थ राजस्व प्राप्त नभइ हुने चुहावटमा पनि हुण्डीले नै सहयोग पु¥याइरहेको देखिन्छ । वाह्य मुलुकबाट देशभित्र आउनु पर्ने विदेशी मुद्रा आउँदैन र राष्ट्रिय अर्थतन्त्रमा देखिदैन । यसर्थ विप्रेषण खाता घाटामा रहन सक्छ । त्यस्तै देशबाट गैर कानूनी रुपमा राष्ट्रिय सम्पती वा पूँजी पलायन भएर विदेश जान्छ । कतिपय अवस्थामा हुण्डीकै माध्यमबाट विदेश गएको रकम वैदेशिक लगानीको रुपमा फेरी करछुटको मुलुक हुदै नेपाल भित्रीएर सम्पती सुद्धीकरणको माध्यम पनि बन्न सक्दछ।
नेपालमा आउने हुण्डीको रकम प्राय हाम्रा विदेशी मुलुकमा काम गर्न गएका कामदारहरुको पारीश्रमिक नै हो । जसबाट राज्यलाइ प्राप्त हुने विदेशी मुद्रा नेपालको बैंकिङ्ग प्रक्रियामा नआई उतै रहने र सो रकमबाट तस्करी गरेर चोरी पैठारी गरेका माल सामानको मुल्य भुक्तानीमा प्रयोग गरिन्छ । त्यसैगरी अवैद्य हातहतियारको भुक्तानी, लागु पदार्थको भुक्तानी, नेपालबाट पूँजी पलायन गरी विदेश पठाउनु पर्ने रकमको भुक्तानी र सम्पती सुद्धीकरणका लागि विदेशी लगानीका रुपमा नेपालका व्यापार व्यवसायमा हुने लगानीमा समेत प्रयोग भएको पाइन्छ । यसका अलावा न्यून विजकीकरण गरी भन्सारमा कम मूल्य घोषणा गरेर ल्याइने सामानको यथार्थ मुल्य भुक्तानी गर्न र नेपालका व्यवसायी घराना वा भ्रष्टाचारीहरुले अवैध रुपमा गरेको आर्जनलाई विदेश पठाउन समेत प्रयोग गरिन्छ ।
कानूनी ब्यवस्था
नेपालको कानुनमा हाल हुण्डीको बारेमा स्पष्ट परिभाषा नभएकोले कानुनी रुपमा समस्या रहेको छ । कानूनमा स्पष्ट रुपमा हुण्डीको परिभाषा नगरेको र २०१९ सालमा तत्कालिन परिस्थिती अनुसार निर्माण भएको विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार नै हुण्डी सम्वन्धी अपराधलाइ समेत विदेशी विनिमय अपचलनमा अनुसन्धान र अभियोजन गर्ने गरिएको छ । यस्तो कानुनी अस्पष्टताको कारणले नै यसको फाइदा उठाउदै हुण्डीकै माध्यमबाट फस्टाएको विदेशी विनिमय अपचलन गर्ने ब्यवसाय बिभिन्न सरकारी प्रयासका बावजुद नियन्त्रणमा आउन सकेको छैन । यसबाट यथार्थमा विदेशि विनिमयको अपचलन हुने भएपनि नेपालभित्र नेपाली रुपैयामा नेपालकै बैंक र सहकारी मार्फत रकम निकाल्ने, जम्मा गर्ने र भूक्तानी दिने गरी कारोवार हुने हुदा यस्तो कारेवारलार्ई कसरी बिदेशी विनिमय अपचलन गरेको भन्ने ? सहकारीबाट निकालेको रकम कसरी हुण्डी हुन्छ ? हाम्रा सरकारी निकाय, कानून व्यवसायी र न्यायिक निकायहरुले यीनै बिषयमा प्रश्न गर्छन । हुण्डीको परिभाषा गर्ने र यस्तो कारोवारलाई अपराध र कसूर मान्ने स्पष्ट कानुनी ब्यवस्था नहुदा उक्त तर्कलाई नाजायज भन्न पनि मिल्दैन।
नेपालमा हुण्डीको कारोवार किन बडदो छ त ?
बेदेशिक रोजगारी नेपालमा बिदेशी मुद्राको मुख्य श्रोत हो । यस वाहेक पर्यटन र निकासी ब्यापार आउछ । विदेशमा काम गर्ने नेपाली कामदारहरुले पाउने पारीश्रमिक नेपाल पठाउन सहज छैन । बैध बाटोबाट नेपाल पठाउन काम छाडेर घन्टौ बैंकमा लाइन लागेर बस्नुपर्ने र दस्तुर वापतनै बिदेशी भूमिमा दुख गरेर प्राप्त गरेको पारीश्रमिकको ठुलो हिस्सा बुमmाउनु पर्ने हुन्छ । यसरी पठाएको रकम पनि समयमा नेपालमा आइपुग्दैन । हुण्डी गरेर पठाउदा यस्तो कारोवार गर्ने ब्यत्तिहरुले डेरा कोठामै सेवा उपलब्ध गराउने, दस्तुर पनि तिर्नु नपर्ने साथै उहाँ भुत्तानी दिएको केही सेकेण्डमानै नेपालमा आफन्तले रकम प्राप्त गर्न सक्दछन । यसैकारण बैदेशिक रोजगारीबाट प्राप्त हुनुपर्ने बिदेशि मुद्रानै बढीमात्रामा हुण्डीको रुपमा भित्रिएको पाइन्छ । यसको यथार्थ बुझन सरकारी स्तरमा कामदार सप्लाइ गर्नेगरी संमmौता भएका मुलुकमा गएका कामदार र त्यहाबाट प्राप्त भएको विदेशी मुद्राको अनुपात हेरे स्पष्ट हुन्छ । यस बाहेक खुला सिमानाबाट हुने चोरी तस्करीको भुत्तानी गर्न , मानव बेचबिखन र लागुपदार्थ तथा गैरकानुनी हातहतियारको ओसारपसार गर्न ,भ्रष्टाचार र राजस्व चुहावटको रकम लुकाउन, त्यस्तै संपती सुद्दीकरण र पँुजी पलायन जस्ता गैरकानुनी कार्यमा बढोत्तरी संगै यसको हिस्सा वढदो छ । अमm स्पष्ट कानूनको अभावले गर्दा कथंकदाचित प्रक्राउ परि कारवाही सुरु भएपनि नेपालमा नेपाली रुपैयामा भएको कारोवारलाइ विदेशी विनिमय अपचलनमा कारवाही हुने कानुनी स्पष्ट व्यवस्था नभएकाले कानुनी दाउपेजबाट सजिलै उम्कन सक्ने अवस्थाले पनि यसलाइ प्रोत्साहन गरेको पाइन्छ ।
अवको बाटो
कोरोना महामारीका कारण अव वैदेशिक रोजगार प्राय वन्द हुनेछ । अर्को विदेशि मुद्राको प्रमुख श्रोत पर्यटन ब्यवसाय धरायसी भै सकेको छ । अव राज्यलाइ अत्यावस्यक विदेशी बस्तुको आयात र अन्तराष्टिय सम्वन्ध र सम्पर्कका लागी समेत आवस्यक पर्ने विदेशी मुद्रा समेत आपुर्तिमा समस्या भै वैदेशिक रीणमा निर्भर हुनुपर्ने अवस्था आउदै छ । तसर्थ हुण्डी कारोवारलाइ नियन्त्रण गरी विदेशि विनिमय अपचलनमा निगरानी र नियन्त्रण गर्नु अत्ति जरुरी छ ।
जे होस र जसरी गरियोस हुण्डी कारोबार विदेशी विनिमयको अपचलन मात्र हैन ,देशको आर्थिक अपराधलाई बढावा दिने, छायाँ अर्थतन्त्रको विकास गर्ने, समग्र राजस्व अपचलनको माध्यम हुने र अन्य चोरी, तस्करी जस्ता अपराधिक क्रियाकलापको बृद्धिगर्ने आधार समेत भएर रहेको पाईन्छ । तर यति ठुलो अपराधलाई नियन्त्रण गर्ने हाल नेपालमा स्पष्ट कानूनी व्यवस्था समेत छैन । तसर्थ यस्तो राष्ट्रिय अर्थतन्त्रनै धाराशयी बनाउने र अपराधिक गतिविधिहरु बढाउने हुण्डी जस्तो अपराधलाई नियन्त्रण गर्न यथासक्य चाडो निम्न कार्य गर्नु पनेृ देखिन्छः–
# हुण्डीको परिभाषा सहित स्पष्ट ब्याख्या गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ लाई प्रतिस्थापन गरी स्पष्ट र प्रभावकारी दण्ड सजाय र नियन्त्रणात्मक उपाय सहितको कानूनी व्यवस्था गर्ने ।
# विदेशमा काम गर्न जाने कामदारहरुलाई रोजगारी अनुमतीकै समय देखि बैद्यानिक बाटोबाट रकम भित्र्याउन कागज गराएर मात्र वैदेशिक रोजगारीमा पठाउने । विदेशमा प्राप्त गरेको रकम बैकिङ्ग माध्यमबाट ल्याउदा तिर्नु पर्ने शुल्क आदी श्रमिक कल्याणकारी कोषबाट भुक्तानी गर्ने व्यवस्था गर्ने र संभव भएमा थप प्रोत्साहनका लागी इन्सेन्टीभ वा प्रोत्साहन समेतको व्यवस्था गर्ने ।
# तस्करी, लागूपदार्थ ओसार पसार र अवैध हातहतियारको कारोवार जस्ता अवैध गतिविधिमा निगरानी तथा नियन्त्रण गर्ने र यस्ता कार्यको अनुसन्धान र अभियोजनमा विदेशी विनिमय अपचलनको समेत अनुसन्धान गरी कारवाही गर्ने व्यवस्था गर्नु पर्ने ।
# भन्सारमा यथार्थपरक कारोबार मुल्य निर्धारण गर्ने परिपाटी विकास गरी निकासी पैठारी दुबैमा न्यून विजकीकरण सँगै अधिक विजकीकरणमा समेत नियन्त्रण गर्ने कानूनी व्यवस्था गरी कारवाही गर्ने ।
# विदेशमा वसाई सर्ने, विदेशमा व्यापार व्यवसाय गर्ने र बैदेशिक लगानीको नाममा निजी उद्योग व्यवसायमा पुँजी भित्र्याउनेहरु प्रति विशेष निगरानी गरी पुँजी पलायन र सम्पती सुद्धीकरणमा समेत विशेष निगरानी बढाउने ।