ताप्लेजुङ . हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित मिक्वाखोला गाउँपालिका सदरमुकाम देखि पश्चिम् भागमा रहेको छ । यो गाउँपालिले सङ्खुवासभा को भोट् गाउँपालिकाको सिमाना छोएको छ । यस गाउँपालिकामा कुल १० हजार जनसंख्या रहेको छ ।यो गाउँपालिकालाई ५ ओटा वडामा बिभाजन गरिएको छ ।
साविकका खोक्लिङ,लिवाङ,सावा र पापुङलाई समावेश गरि यो गाउँपालिकाको निर्माण गरिएको छ । जसमा साबिकको खोक्लिङ गाविसलाई २ वटा वडामा बिभाजन गरिएको हो । यो गाउँपालिकामा बसोबासको हिसाबले हेर्दा लिम्बू जातिको बसोबास बढी रहेको पाइन्छ । यहाँ लिम्बू जातिको बसोबास बढी भएको कारण यो गाउँपालिकाको नाम पनि लिम्बू भाषा बाट राखिएको भन्ने गरिएको छ ।
स्थानीय रोहित लिम्बुका अनुसार मिक्वाले आसुको अर्थ दिन्छ । र यो गाउँपालिकालाई लिम्बू भाषा बाट आशुको खोला पनि भन्ने गरेको उनी बताउछन् । यो गाउँपालिका एक ग्रामिण र दुर्गम गाउँपालिकाको रुपमा चिनिदै आएको छ । ग्रामीण र दुर्गमनै भएपनि यो गाउँपालिका पर्यटकिय स्थल बन्दै गएको छ ।
प्रचार प्रसारको कमिले लामो समय सम्म ओझेलमा रहेका ठाँउहरु पछिल्लो समय यता चर्चामा आउन थालेका छन् । मिक्वाखोला गाउँपालिका ४ सावाँमा अवस्थित फुङ्फुङे झरना पर्यटक को मुख्य आकर्षक बन्दै गएको छ । यो झरना करिब ३/४ बर्ष यता देखि निकै चर्चामा आएको छ । यहाँ हिउँदको महिना भन्दा पनि बर्खा याममा बढी मानिसको भिडलाग्ने गरेको गाउँपालिका प्रमुख रामकुमार सावा बताउछन् । कोरोना महामारीकै बीचमा पनि यहाँ मानिसहरुको चहलपहल हुने गरेको उनी बताउँछन् । सावाका अनुसार यो झरना निकै अग्लो ठाँउबाट झर्ने भएकोले हेर्नको लागि आनन्द मिल्छ । फुङ्फुङे झरना नेपालकै एक सुन्दर झरनाको रुपमा रहेको छ । विशेष गरि यहाँ सक्तीशालि देवि भएकोले विभिन्न ठाँउ ,जिल्लाबाट शक्ति आर्जनका लागि शक्तिपिठहरु पनि आउने गरेको सवाले बताउँछन् । यो झरन ३०० मिटर अग्लो ठाँउबाट झरेक छ ।
यो झरना पर्यटकिय हिसाबले नैकै ठुलो सम्भावना बोकेको हुनाले आफुहरुले विशेष प्राथमिकता दिएको र झरना सम्म सडकबाटो लैजान समेत पहल गरिएको सावाले जानकारी दिए । त्यस्तै मिक्वाखोला गाउँपालिकामै रहेको वडा नम्बर २ खोक्लिङमा अवस्थित बाधथाला डाडाँले पर्यटनको मन जित्न थालेको छ ।समुन्द्र सतह बाट करिब १८०० मिटरको उचाईमा अवस्थिन छ । यो डाडाँबाट प्राय ताप्लेजुङ जिल्लाका सबै हिमालहरु को दृश्य देख्न सकिन्छ । पाँचथर,तेह्रथुम ,सङखुवासभा र दार्जिलिङका विभिन्न ठाँउहरुको दृश्य अवलोकन गर्न समेत सकिन्छ । यो ठाँउले आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेको स्थानीय बताउछन । स्थानीय गंगाराम ओझाका अनुसार यो ठाँउमा एउटा ठुलो गुफा छ ,त्यो गुफामा बाघ बास बस्ने भएका कारण यो ठाँउलाई बाघथला भनिएको हो ।उनका अनुसार पर्यटकिय हिसाबले यो ठाँउनिकै ठुलो सम्भावना बोकेको भएकाले प्रचार प्रसारको आवश्यकता रहेको उनको भनाइ रहेको छ । यहाँ विशेषगरी बनभोज खानाका लागि नयाँ बर्ष र माघेसक्रान्तीमा मानिसको भिडलाग्ने गरेको ओझा बताउँछन् ।
यो डाडाँमा अर्को मुख्य आकर्षणकाे रूपमा एउटा लामो गुफा रहेकाे छ ।यो गुफाको लम्बाई गत बर्ष पहिलो पटक नापजाँच गरिएको थियो । सदरमुकाम बाट गएको हेमराज निरौलाको टोलिले यो गुफाको लम्बाई लिइएको थियो । उनका अनुसार गुफाको लम्बाई साढे २३ मिटर रहेको छ । यहाँ २३ मिटर पर गएपछी ७/८ जना बस्न मिल्ने गरिको एउटा फाराकिलो ठाँउमा पुजाआजा गर्ने ठाँउ समेत रहेको निरौलाले जानकारी दिए । यो ठाँउ सदरमुकाम देखि तमोर नदि तरेर ४ घन्टाको पैदलमा पुगिन्छ । गत बर्ष खोक्लिङ ९ को सङ्गे छ्योलिङ गुम्बाबाट बाघथाला डाडाँ सम्म पदमर्ग निर्माण गरिएको छ । २ मिटर चौडाई भएको ३किलो मिटर पदमार्ग निर्माण गरिएको बाघथला पदमार्ग पर्यटन क्षेत्र बिकास समितका अध्यक्ष दिपक लिम्बुले जानकारी दिए ।
मिक्वाखोला गाउँपालिका ५ पापुङमा रहेको तोक्पेगोलाले पर्यटनको मन लोभ्याउन थालेको छ। समुन्द्र सतहबाट ३७ सय ४५ मिटरको उचाईमा रहेको तोक्पेगोला हिमालि भुभागको भिरालो खर्कमा अवस्थित छ । पछिल्लो समय यता यहाँ विशेषगरी सोदोपोखरी ,भुतपोखरी ,जेठा पोखरी ,तोक्पेगोला बस्ती र जुङ्लोङ गुम्बा तोक्पेगोलाको मुख्य आकर्षण बढाउदै गएको छ । यहाँ अन्य रमणिय ठाँउहरु प्रसस्तै भेट्न सकिन्छ । वडा अध्यक्ष डण्डु लामाका अनुसार पापुङ एक दुर्गम बस्ती भएपनि आफैमा प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेको अध्यक्ष बताउँछन् । यो ठाँउको बिकास गर्न सके ताप्लेजुङ जिल्लाकै सबै भन्दा रमणिय ठाँउ बन्ने उनले उनको भनाइ रहेको छ। चारैतिरबाट बगेर आएको पानी जम्मा भइ थुप्रै पोखरीहरु बनेका छन् । तिनै पोखरीले मानिसको मन जित्न थालेका छन् । प्राकृति सुन्दरताका हिसाबले तोक्पेगोला नेपालकै एक सुन्दर हिमालि गाउँ भएको स्थानीय बासी बताउछन् । बसोबासको हिसाबले यहाँ शेर्पा र लिम्बु जातिको बसोबास रहेको पाहिन्छ । यो ठाँउ पुग्न सदरमुकामबाट ५ घन्टाको गाडीको यात्रा पश्चात् लगभग ९/१० घन्टाको पैदल यात्रामा पुग्न सकिन्छ । आफ्नो गाउँपालिकामा पर्यटन भित्र्याउनको लागि सुन्दर बस्ती र ठाँउहरुको विकासमा आफुले जोड दिएरहेको उनी बताउँछन । तोक्पेगोला सडक जोड्नका लागि भने काम धमाधम भैरहेको छ । यो गाउँपालिकाको सबै वडामा सडक पुग्न भने अझै सकेको छैन । यो गाउँपालिका जोड्न ३ वटा मोटरेबल पुलको निर्माण भएको छ ।