फिदिम । पाँचथरमा बुधबार ४८ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । पाँचथरका बिभन्न स्थानमा गरिएको १ सय ३१ जनाको एन्टिजेन परिक्षणमा यत्तिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ९ सय ८२ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये १ हजार चार सय २९ जना निको भएका छन ।
२६ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै ६ जना एचडयिुमा उपचारत रेहको र होम आइसुलेसनमा ५१२ जना बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । ५३ जनाको पिसिआर विधिबाट परिक्षण गर्नको लागी स्वाब पठाइएको छ । नतिजा आउन बाँकी रहेको जिल्ला प्रसाशन कार्यालय पाँचथरले जनाएको छ ।