पाँचथर । फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगितामा ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइन प्रबेश गरेको छ । पूर्वमा राम्रो प्रर्दशन गरेको चर्च ब्वाइज बिराट गोल्डकपमा सेमीफाइनल पुगेको २४ घन्टा नपुग्दै पाँचथर र झापामा पनि सेमिफाइनल प्रबेश गरेको छ । आजै चर्च ब्वाइजले झापा र पाँचथरमा एकै समयमा दुई प्रतियोगितामा सहभागिता जनाएको थियो । र दुबै खेलमा विजयी हुँदै दबै प्रतियोगिताको सेमीफाइनल प्रबेश गरेको छ ।
फिदिम माबिको खेलमैदानमा आइतबार भएको दोश्रो क्वाटर फाइनल खेलमा भारतको हिल्स फुटबल एकेडेमी लाई ४–० गोलले पराजित गरेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २ र फोफना र अभिसेक महतोले समान १ गोल गरेका थिए।
खेलमा पाहुना टोली हिल्सले गोलको केही अवसर बनाएको थियो। तर, हिल्सले पाएको मौकालाई सदुपयोग गर्न सकेन।
६ औं मिनेटमा राज भुसालले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए। बाँया कर्नरबाट आएकोे क्रसलाई राजले वानटच गोल गरेका थिए।
यस्तै, ८ औं फोफनाले अग्रता दोब्बर बनाए। फोफनले मध्यभागबाट एक्लै बल अघि बढाएर गोल गरेका थिए ।
खेलको ६४ औ मिनेटमा अभिषेक महतोले चर्चको लागी तेस्रो गोल गरेका थिए । दोश्रो हाफको इन्जुरी समयमा राजले गोल गर्दै चर्चब्वाइजलाई ४–० को फराकिलो जित दिलाए ।
खेलमा २ गोल गरेका चर्चका राज भुसाल प्लेयर अफ दि म्याच चुनिए र उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
फिदिम ४ निवासी मन्जु श्रेष्ठ फ्यान अफ दि म्याच भइन् र उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सोमबार हुने खेल
मच्छिन्द्र क्लब विरुद्ध हिमालय शेर्पा क्लब