पाँचथर । फिदिम स्पोर्टिङ क्लबले ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरिएको हो । क्लबले प्रतियोगिता सकिएको झण्डै २ महिनापछि हिसाब किताव सार्वजनीक गर्दै आम्दानी र खर्च बराबर हिसाब देखाएको छ । प्रतियोगितामा कबोल गरेको सबै रकम उठेको खण्डमा ७ लाख ५७ हजार ७ सय ७१ रुपैँया नाफा हुने अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए । क्लबलेले देखाएको हिसाबमा नाफा भने उधारोमा देखिएको छ ।
गत पुष ६ देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट जम्मा ८० लाख २९ हजार १ सय ५३ रुपैँया आम्दानी भएको क्लबले जनाएको छ । जसमा ७९ लाख ३ हजार १ सय २ रुपैँया खर्च भएको क्लबले जनाएको छ । २ लाख ३५ हजार ३ सय ८९ रुपैँया तिर्न बाँकी रहेको क्लबले जनाएको छ । हाल क्लबको खातामा १ लाख २६ हजार ५१ रुपैँया मौज्दात रहेको जनाएको छ । प्रतियोगिताका लागि बिभिन्न संघ संस्था र दाताहरुले कबोल गरेको ८ लाख ६७ हजार १ सय नौ रुपैँया उठ्न बाँकीे छ ।
फाल्गुनन्द गोल्डक प्रतियोगितामा टिकट विक्रीबाट मात्र २६ लाख ६८ हजार ५० रुपैयाँ संकलन भएको आयोजक संस्थाले जनाएको छ । फिदिम नगरपालिकाले आफुलेनै बनाएको कार्यविधि मिच्दै यस प्रतियोगिताको लागी पहिलो पुरस्कार राशि प्रदान गरेको थियो । फिदिम नगरपालिकाले यसभन्दा अगाडीका प्रतियोगिताहरु र यस पछिका प्रतियोगिताहरुलाइ दोश्रो पुरस्कारबापतको रकममात्र प्रदान गर्दै आएको छ ।
गत पुसमा सम्पन्न भएको एघारौ फाल्गुनन्द गोल्डकपलाई सात लाख ‘उधारो नाफा’ भएको छ ।