पाँचथर । दिपावली अवसर पारेर वषेर्नी फाल्गुनन्द ६,७ वासाँगुमा लाग्दै आएको द्धितिया मेलामा खुल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । शुक्रबार फिदिममा पत्रकार सम्मेल गर्दै आयोज त्रिबेणी क्लबले कार्तिक १८ गते प्रतियोसगिता आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगिता खुल्ला रहेकाले सहभागि टिमको टुङगो लागि नसकेको आयोज त्रिबेणी क्लबका अध्यक्ष बसन्त आङदेम्बेले जानकारी दिए । प्रतियोगितामा बढि १५ टिमको सहभागिता रहन सक्ने बताइएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख २५ हजार प्राप्त गर्दा उपबिजेताले नगद ७५ हजार प्राप्त गर्ने छ । दिपावली मेलामा भलिबल प्रतियोगिता सँगै केलाङ प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने द्धितिया मेला व्यवस्थापन समितीका अध्यक्ष अमर आङदेम्बेले जानकारी दिए ।
भलिबल प्रतियोगिताका सम्पुर्ण खेलहरु फाल्गुनन्द ६र ७ को संगमस्थल वासाँगु खेलमैदानमा हुनेछ ।