पाँचथर । मेचि राजमार्ग अन्तगर्त फिदिम ४ र हिलिहाङ ७ हेवाखोलामा फड्के पुल निर्माण सम्पन्न भएको छ ।सुरक्षाकर्मिहरुको टोली र फिदिम नगरपालिकाको टोलीले फड्के पुल निर्माण गरेका हुन् ।
फड्के पुल निर्माण भए सँग पुलबाट मोटर साइकल समेत तार्न सकिने भएको छ । असोज १२ गते हेवाखोलामा आएको बाढीले बेली ब्रिज बगाए पछि पाँचथरका हिलिहाङ, याङवरक गाउँपालिका र ताप्लेजुङ सँगको यातायात सम्पर्क टुटेको छ ।
हेवाखोले बेलीब्रीज बगाए पछि ताप्लेजुङ तर्फ सडक सञ्चालन अझै केहि दिन लाग्ने बताइएको छ ।