पाँचथर । बाल दिवशको अवशरमा जिल्ला ब्याडमिन्टन संघ पाँचथरले दुई दिने ब्याटमिण्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । पाँचथरमा जुनिय खेलाडी छनोट गर्न र जुनिय खेलाडीहरुको बरियता निर्धारण गर्न प्रतियोगिता आयोजना गरिएको जिल्ला ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोले जानकारी दिए ।
जिल्ला समन्वय समिति पाँचथरको कर्वडहलमा २९ र ३० गते ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने ब्याटमिण्टन संघ पाँचथरका प्रशिक्षक दुर्गा सारु मगरले केन्जो खबरलाई जानकारी दिए ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा यु १३ यु १५,यु १६ र यु १९ का महिला र पुरुसको एकल प्रतिस्पार्ध हुने तुम्बापोले जानकारी दिए ।
यस प्रतियोगिताबाट पाँचथरका जुनिय खेलाडीहरुको बरियता निर्धारण गर्ने यो उमेर समुहबाट जिल्ला स्तरको खेलाडी छनोट गरिने तुम्बापोले जानकारी दिए ।