पाँचथर– उच्च पहाडी क्षेत्रमा पर्ने भारतसँग सिमाना जोडिएका क्षेत्रमा शसस्त्र प्रहरीको वोडर आउट पोष्ट (विओपी) स्थापना भएसँगै नेपाली सुरक्षकर्मीको देखिन थालेको छ । सिमा क्षेत्रमा सुरक्षा उपस्थिती नहुँदा सिमा सुरक्षा, चोरी निकासी नियन्त्रणमा समस्या भईरहेको थियो । एक बर्षको विचमा पाँचथरमा चारवटा विआपी स्थानपना गरीएको छ ।
विओपी स्थापनामा भएपछि सिमा क्षेत्रमा सुरक्षाको लागि आडभरोस भएको सो क्षेत्रका बासिन्दा बताउँछन् । उच्च पहाडी क्षेत्रमा रहेका सिमाना आसपासमा चौरी पालकहरु बस्ने गरेका छन् । बहमूल्य जरिविुटि तथा वन्यजन्तूको चोरी निकासि नियन्त्रण, सिमानामा सरकारी उपस्थीतिका लागि पनि यस्ता पोष्टहरुको महत्पूर्ण भुमिका रहेको बताईन्छ ।
पाँचथरसँग ४४ दशमलव ३८ किलोमीटर सिमाना भारतसँग जोडिन्छ । सन्दकुपुरदेखि तिम्बुपोखरीसम्मको सिमा क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । प्राकृतिक रुपमा सुन्दर यि क्षेत्रमा सिजनामा पर्यटकहरु बाक्लो गरी उपस्थीत हुन्छन् । विगतमा सिमानाभन्दा निक्कै टाढा रहेका प्रहरी चौकिहरुले सिमा क्षेत्रको निगरानी गर्न कठिन भएको थियो । पछिल्लो बर्ष सिमाना नजिकै विओपी राखिएको छ । चिवाभञ्याङ, फालोट, भैसे र सुकेढापमा विआपी राखिएको छ । चिवाभञ्याङमा भने शसस्त्र प्रहरीको आफ्नै भवन बनेको छ । ९८ लाख ६६ हजारको लागतमा हालै निर्माण सम्पन्न भएको भवनमा शसस्त्र प्रहरी बस्न थालेको छ । अन्य पोष्टहरु सामुदायि भवनमा रहेका छन् । अन्य पोष्टहरुलाई पनि जग्गा व्यवस्थापन हुने काम भईरहेको बताइएको छ ।
उच्च पहाडी क्षेत्रमा रहेका पोष्टहरुबाट प्रहरीले गस्ती पेट्रोलीङगर्ने, सिमानको निरक्षण गर्ने तथा अवान्छीत गतिविधि हुन नदिनका लागि खटिएको बताइएको छ । उच्च पहाडी क्षेत्रमा रहेका यि पोष्टहरुमा पर्याप्त सुविधा नहुदा समस्या भने छ । बर्षायाममा यो क्षेत्रमा गाडी सञ्चालन हुन नसक्दा दैनिक आवश्यकताहरुको व्यवस्थापनमा भने समस्या देखिन्छ । शसस्त्र प्रहरीको पोष्ट बस्नेभनेपछि सुरुवात देखिनै स्थानीय तहले सहयोग गरीरहेका छन् । पोष्टहरु स्थानीय तहका सामुदायिक भवनमा राखिएका छन् । खानेपानी, सडक तथा अन्य पूर्वाधारका लागि स्थानीय तहले सहयोग गरेको देखिन्छ । पाँचथरका याङवरक र फालेलुङ गाँउपालीका भारतसँग सिमा जोडिन्छ । सिमा क्षेत्रमा प्रहरी बसेपछि ठुलो आडभरोस हुने अपेक्षा समेत राखिएको छ ।
नेपाल–भारत सिमावर्ती क्षेत्रमा पारिवारिक तथा व्यापारीक सम्बन्ध रहेको छ । विभिन्न नाकावाट वारीपारी आवागमन हुने गरेको छ । सुरक्षा उपस्थीति भईसकेकाले चहलपहल हुने नाकाहरुमा छोटि भन्सार लागयतका अन्य सरकारी उपस्थीतिको माग समेत हुन थालेको छ । सिमा क्षेत्रमा शसस्त्र प्रहरीको पोष्ट स्थापना भएसँगै यहाँ आड भरोसको महसुस भएको छ । सिमा क्षेत्रको सुरक्षा, चोरी निकासी नियन्त्रण तथा अपराधिक गतिविधि न्यूनीकरण गर्नका लागि खटिएका शशस्त्र प्रहरी बस्ने भवन तथा उच्च पहाडी क्षेत्रका आवश्यकतालाई हेरेर सुविधा सम्पन्न बनाउन आवश्यक देखिन्छ ।