कृष्ण दु्लाल
पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालीका–१ नवमीडाडाँमा सञ्चालन हुने अन्तर जिल्ला आमन्त्रित फुटवल प्रतियोगिताको यतारी तिब्र बनाइएको छ । प्रतियोगिता सिद्धदेवि माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ ।
विगत लामो समयदेखि आयोजना हुदैँ आएको प्रतियोगितामा यो पल्ट आठ टिम प्रतिस्पर्धा गर्दै छन् । तिजोक युवा क्लबको अयाोजनामा चैत–२८ देखि बैशाख–४ गतेसम्म प्रतियोगिता हुने छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै अरु वर्ष जस्तै यो वर्ष पनि खेल हुने जानकारी गराइएको हो । प्रतियोगिताको खेल तालिका तालिका र जर्सि पनि सार्वजनिक गरिएको छ ।
क्लबका अध्यक्ष हेमराज आङदेम्बेका अनुसार प्रतियोगिताको तयारी तिव्रताका साथ भईरहेको छ ।
उद्घाटन खेलमा आयोजक तिजोक युवा क्बलले ताप्लेजुङ मैवाखोला गाँउपालीकाको सामाना गर्नु पर्ने छ । पहिलो चरणमा केएफसि झापाले पाथिभरा युवा क्लब सुनसरी, वाईएफसि मोरङले आठराई गाँउपालीका तेह्थुम र नवकिरकण स्र्पोटिङ क्बल झापाले आत्मा पवित्र हाक्चात यक्चुम माङसेबुङ इलामसँग खेल्ने छन् ।
नवमीडाडाँलाई फुटबल र मेलाका माध्यमबाट त्यहाको आर्थिक तथा पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्य रहेको आङदेम्बेले बताए ।
प्रतियोगितामा मु्ख्य प्रायोजक सिजि ब्रुअरी मुस्ताङ बियर रहेको छ भने फाल्गुनन्द गाउपालिका, फाल्गुनन्द गाउँपालिका वडा नं. १ को अािर्थक सहयोग रहको छ ।
प्रतियोगिताको उपाधि जित्ने टिमले २ लाख ५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफि पाउने छ भने उपविजेता टिमले १ लाख ५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफि पाउने छ । म्यान अफ द सिरिज, बेष्ट गोल किपर, बेष्ट डिफेन्डर हाई स्कोरर का सम्पुर्ण विधाहरुमा ट्रफि, मेडल, प्रमाण पत्र र नगद पुरस्कार रहेको छ । प्रतियोगितामा सहभागि खेलाडीको सामुहिक बिमा गरीएको छ ।।
सोहि अवसरमा लाग्ने मेलामा रोटेपिङको साथमा मिनि मेलाका मनोरन्जनात्मक खेलहरु हाउजी खेल मोटरसाइकल स्लो रेस संचालन हुने छन् । मेलाको अवसरमा राष्ट्रिय कलाकारको उपस्थितिमा बृहत सांकृतीक कार्यक्रम हुने छ । सास्कृतिक कार्यक्रममा प्रमोद खरेल लगायतका कालाकार उपस्थित हुने बताइएको छ ।
नवमिडाँडामा फुटबल प्रतियोगिता हुदैँ, आठ टिम सहभागी
नवमिडाँडामा फुटबल प्रतियोगिता हुदैँ, आठ टिम सहभागी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस