पाँचथर–
गुराँसै फूल्दा बनै घमाइलो
कोईली बोल्दा मनै रमाईलो
साधाना सरगमको स्वर र दयाराम दाहालको शब्दमा रहेको नेपाली चलचित्र सुपरस्टारको गीतले भनेझै यतिबेला गुराँस फूलेर पहाडका डाँडा, बन हेरीरहुँ भएका छन् ।
पाँचथरको सुकेपोखरी क्षेत्र थरिथरिका गुराँसले सजिएको छ । गुराँस हेर्दै रमाउन दैनिक मान्छेहरु आउने गरेको स्थानिय फौदमान राईले बताए ।
मेची राजमार्गको पौवाभञ्ज्याङबाट पाँच किलोमीटरमा सुकेपोखरी पुगिन्छ । इलामको पाटेनागी हुँदै यहाँ आइपुगिन्छ । पाँचथरको सुकेपोखरी, इलामको पाटेनागी, कुईभिर क्षेत्रमा थरि थरि गुारास फूलेका छन् ।
समाजिक सञ्जालमा कतै गुराँस र हिमाल, कतै गुराँसका बन, कतै गुराँसका थुङ्गा पोष्ट भईरहेका छन् । यतिबेला पहाडका डाँडाहरुमा थरीथरीका गुराँस फूलेर अढकमक्क बनेका छन् ।
पूर्वी पहाडका गुराँस फूल्ने चर्चित ठाँउमा मान्छेहरु बाक्लो गरी पुगिरहेका छन् । पाँचथरको सुकेपोखरी क्षेत्रमा पुग्दा गुराँस ढकमक्क देखिन्थ्यो । दिन ढल्दैँ जादा गुराँका बोटसँग कुहिरोको लुकामारी समेत देखिन्थ्यो ।
माघको अन्तिमदेखि औलमा फूल्ने गुराँस लेक चढेको छ । टिएम, घोडेपानी जस्ता चर्चित ठाँउ लगायतका पहाडका धेरै ठाँउमा गुराँस फुलेका छन् । ‘गुराँस त खालखाले फूलेका छन् । अब केहिदिनमा जंगलभरिनै फूलिसक्छ । सबैबोटमा फूल्दा त कता हो कता राम्रो देखिन्छ’ पाँचथरको सुकेपोखरीका फौजमान राईले भने ‘मान्छेहरु झापा, मोरङ इलामका पनि गुराँस हेर्न आउन थालेका छन् ।’
फौदमानके छेउमा रहेका सुकित राईले थपे ‘म आज आएको छिन्तापुदेखि यता सबैतिर फूले छ ।’
फूलहरुमा चराचुरुङ्गी समेत रमाएका देखिन्छ । पूर्व पहाडका विभिन्न क्षेत्र बनमा गुराँस रङ्गीचङ्गी रहेका छन् । औलतीर बोटमात्र भेटिन्छ भने लेकतिर जंगलनै भेटिन्छन् ।
‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरु’ नामक अनुसन्धानमुल पुस्तकका अनुसार नेपालमा ३३ प्रजातीका गुराँस पाईन्छ । कोशि प्रदेशका जिल्लाहरुमा ३१ प्रजातीका गुराँस पाईने अध्ययनले देखाएको छ । गुराँस फूल्न थालेपछि पहाड र हिमालका डाडाँहरु रङ्गीविरङ्गी बनेका छन् । गुराँससँग जोडिएका अनेकन बिम्बहरु छन् । टिएमजे गुराँसका लागि चर्चित ठाँउ हो । यहाँ २५ प्रजातीको गुराँस पाईन्छ ।
बन तथा वातारण मन्त्रालयको बन तथा भु–संरक्षण विभागले प्रकाशित गरेको ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०’ का अनुसार नेपालका पूर्वदेखि पश्चीमसम्म ४३ जिल्लामा विभिन्न प्रजातीका गुराँस फूल्ने उल्लेख गरीएको छ । नेपालमा गुराँसका प्रजाति पाइने मिश्रित वन सहित ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर क्षेत्र रहेको वन अनुसन्धान तथा सर्वेक्षण २०७२ मा उल्लेख छ ।
मुख्यरुपमा कोशि प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के, जलजले), ताप्लेजुङ्को पाथीभारा क्षेत्र, पाँचथरको छिन्तापु–सुकेपोखरी, च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाँउहरु गुराँसका लागि चर्चित छन् । यस्तै बागमती प्रदेशका दामन–सिमभञ्याङ, रसुवा क्षेत्र लगायका क्षेत्र चर्चित छन् । यस्तै गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसकालागि चर्चित छन् । यस्तै कर्णालीको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला, दैलेखको गुरासेक्षेत्र चर्चित मानिन्छ । सुदुरपश्चिम प्रदेशका बझाङ्ग, बाजुरा, दार्चुला, डोटी– डडेल्धुरा–बैतडी लगायतका क्षेत्र चर्चित रहेको पाइन्छ ।
गुराँस फूल्ने क्षेत्रमा घुम्न जाने गरेको छ । गुराँसका अनेकन प्रजातीमा रमाउने गरीन्छ ।