दिपक बाेहाेरा । फिदिम माबिको खेल मैदानमा सञ्चालन भएको जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड फिदिम नगरपालिकाले जितेको छ।
फिदिम नगरपालिकाले लगातार तेस्रो वर्ष पनि प्रथम हुँदै जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कब्जा गरेको हो। फिदिम नगरपालिकाले २६ स्वर्ण, १९ रजत र ८ कांस्य गरी ५३ पदकसहित प्रथम भएको हो। फिदिमले २०७८,२०७९ र ८० गरि लगातार राष्ट्रपति रनिङ शिल्डमा च्याम्पीनय बन्दै रनिङ सिल्ड कब्जा गरेको हो । तर, २०७८ सालमा भएको प्रतियोगितामा स्थानिय तह सहभागि हुने परम्परा थिएन । त्योबेलाको बिजेता फिदिम माबि भएकाले राष्ट्रपति रनिङ शिल्डको निर्देशिका अनुसार फिदिम नगरपालिकाले लगातार बिजेता बनेर शिल्ड कब्जा गरेको खेलकुद विकास समिति अध्यक्ष सन्तोष मोक्ताङले जानकारी दिए।
याङवरका गाउँपालिका २० स्वर्ण, १६ रजत र ११ कांस्य गरेर ४७ पदकसहित दोस्रो हुँदा फालेलुङ गाउँपालिका ७ स्वर्ण, ३ रजत र ४ कांस्य गरी १४ पदकसहित तेस्रो भएको छ ।
यसैगरी, मिक्लाजुङ गाउँपालिका ६ स्वर्ण, १० रजत र ११ कांस्यसहित २७ पदक, फाल्गुनन्द गाउँपालिकाले ३ स्वणर्, ४ रजत र ९ कांस्यसहित २७ पदक प्राप्त गरेको छ। हिलिहाङ गाउँपालिकाले दुई स्वर्ण, १० रजत र ११ कांस्य गरी २३ पदक जितेको छ । कुम्मायक गाउँपालिकाले दुई स्वर्ण, ३ रजत गरी ५ पदक जितेको छ । तुम्बेवा गाउँपालिकाले १ रजत र २ कांस्यसहित ३ पदक जित्दा स्वर्ण पदक जित्द सकेन ।
६ सय ११ जना विद्यार्थीहरु १ सय १० स्वणर्को लागी प्रतिस्पर्धा गरेको प्रतियोगितामा १ सय १० रजत र १ सय ४६ कास्य पदकको लागी प्रतिस्पर्धा भएको थियो ।स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका ६ सय ११ जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगितामा सबै भन्दा धेरै फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबाट समान १ सय १० जना विद्यार्थीहरु सहभागि भएका छन् । यस्तै,फाल्गुनन्दबाट ८०,कुम्मायकबाट ८०,मिक्लाजुङबाट ८८,तुम्बेवाबाट ४९,हिलिहाङबाट ५८ र सबै भन्दा कम फालेलुङबाट ३६ जना विद्यार्थीहरु सहभागि हुने जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
फाल्गुन २८ देखि ३० सम्म सञ्चालित प्रतियोगिताका जिल्ला समन्वय समिति उपप्रमुख यामबहादुर आङवोले उद्घाटन गरेका थिए। कोशी प्रदेशकी आर्थीक मामीला तथा योजना मन्त्री इन्दिरा थापाले समापन गरेकी थिइन । प्रतियोगितामा महिला तथा पुरुष भलिबल, दौड, तेक्वान्दो, कबड्डी, हाइजम्प, लङजम्प, कराँते, उसुलगायतका खेलमा ६ सय ११ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष मोक्ताङले जानकारी दिए।
सबै खेलाडीको दुर्घटना बिमा गरिएको थियो। खेल अवधिभर जिल्ला अस्पतालले प्राथमिक उपचार, एम्बुलेन्स र जनशक्तिको प्रबन्ध गरेको थियो। जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् ।