पाँचथर । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनकी श्रीमती भुमिका सुब्बाले सामाजिक सन्जालमार्फत् नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिएकी हुन् ।
पाँचथरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेम्वाङ ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन गएको बेला यही माघ १७ गते ‘ब्रेन स्ट्रोक’ भएको थियो । सोही दिन उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो । अहिले उनको उपचार त्यहीँ भइरहेको छ ।